कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

दिपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ भब्यताको साथ् आयोजना हुदै

काठमाडौं। नेपाली संगीतको आकाशमा छुट्टै पहिचान बनाएका गायक दीपक लिम्बूले आफ्नो पहिलो स्वर्णीम सांगीतिक साँझ गर्न लागेका छन्।

आगामी भदौ १७ गते, विशेष अवसरमा — उनको जन्मदिन र नेपाली तारा विजेता बनेको २० औं वर्षगाँठ पारेर — काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ५ बजेदेखि भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रमको आयोजना ओएस म्युजिकले गरेको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक आषिश भट्टराईले भने, “हामीले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ आयोजना गर्न लागेका हौँ।”
भट्टराईका अनुसार, यो साँझ अग्रज कलाकारहरूलाई सम्मान गर्ने र ताप्लेजुङका बालबालिकाहरूलाई स्टेसनरी सामग्री सहयोग गर्ने उदेश्यले आयोजना गरिएको हो।

कार्यक्रमको संगीत संयोजन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक लोहोरुङ राईले गर्नेछन्। गायक लिम्बूले २५ जना लाइभ वाद्यवादकको साथमा आफ्ना चर्चित गीतहरू र अग्रज कलाकारका कालजयी रचनाहरू प्रस्तुत गर्नेछन्।
टिकट दर १ हजार र ५०० रुपैयाँ तोकिएको छ।

साँगीतिक साँझलाई लिएर गायक लिम्बू आफैँ पनि निकै उत्साहित छन्। उनले भने,
“यो साँझ मेरा पछिल्ला २० वर्षका संघर्ष, सपना र सफलताको एउटा जीवन्त दस्तावेज बन्न सकोस् भन्ने चाहना लिएको छु। म मेरो शुभचिन्तक र नेपाली संगीतप्रेमीहरूलाई त्यो साँझ उपस्थित भएर माया दिन आग्रह गर्दछु।”

दीपक लिम्बू सन् २०६२ सालमा ‘नेपाली तारा’ गायन प्रतियोगिताको पहिलो संस्करणका विजेता बनेका थिए। त्यसयता, उनले नेपाली चलचित्र र आधुनिक संगीतमा एकपछि अर्को हिट गीतहरू दिएर सबैको मन जित्न सफल भएका छन्।
उनका “मैले त्यही भएर मन पराको”, “यहाँ देशको छ चिन्ता”, “मुटु माग्यौ तिमीले”, “ढल्क्यो ढल्क्यो”, “मैले माया गर्न जानिनँ होला” जस्ता गीतहरू आज पनि लाखौं संगीतप्रेमीको मनमा गुञ्जिरहेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार