कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिबेशन बाट अध्यक्षमा पुरन पयाङ्गु महासचिवमा दिनेश लिङ्देन निर्वाचित

 किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको माहाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति चयन गरिएको चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिपक थेबेले जानकारी दिए ।

समितिको वरिष्ठ उपाध्यक्ष सुर्य लिङ्देन, उपाध्यक्षमा सरस्वती कन्दङ्वा, निर्मला कन्दङ्वा र घनेन्द्र मावो चयन भएका छन् । त्यसैगरि चुम्लुङको महासचिवमा दिनेश लिङ्देन, सचिवमा सजना सुब्बा (एभेङ) र सचिवमा हरी जबेगु चयन भएका छन् ।

महासचिवमा निर्वाचित दिनेश लिङ्देनले कानुन , रित, तलास लगायत दर्जनौ चलचित्र निर्देशन गर्नु भएको छ | नेपालको प्रतिष्ठित अवार्ड एफ एल एफ अवार्डको आयोजक र फाल्गुनन्द फिल्मस प्रा लि को प्रबन्धक निर्दशक पनि हुनुहुन्छ |

सन् २०२७ सम्म कार्यकाल रहने कार्य समितिको कोषाध्यक्षमा दिक्षाँ जबेगु चयन भएका छन् भने सदस्यहरुमा पुनम लिम्बु, मौसम इङ्नाम, सुबिङ लिम्बु, सन्जोक थेगिम, केपी शेर्मा, लेलिन इजम, संध्या लिम्बू र देवी इजम चयन भएका छन् । संस्माथाको नार्थ सदस्य तर्फ रुपा याखा चयन भएका छन् ।

चुम्मलुङको नयाँ कार्य समितिको आगामी बैठकले विभिन्न राज्यहरुबाट अन्य सदस्यहरु मनोनित गर्नेछन् । चुम्लुङ अमेरिकाको नयाँ नेतृत्वमा पुगेका पयाङ्गु लामो समयदेखि चुम्लुङको अभियानमा सक्रिय रहेका थिए । नयाँ बुलन्द बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार