
काठमाडौँ । लोकसङ्गीत अन्वेषक, सङ्गीतज्ञ तथा सङ्गीत–संयोजक प्राज्ञ अशोककुमार राई सम्मानित हुनु भएको छ ।
१८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राईलाई सृजनाका माध्यमबाट गणतन्त्रको स्थापना र संस्थागत विकासका लागि उल्लेखनीय योगदान दिएबापत ‘गणतन्त्र स्रष्टा सम्मान’बाट सम्मानित गरेको हो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा मदन भण्डारी कला–साहित्य प्रतिष्ठानका सचिवालय सदस्यसमेत रहेका राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले दोसल्ला, माला र सम्मानपत्र समर्पण गरी सम्मान गरेका थिए । समारोहमा राईसहित सात जनालाई सम्मान गरिएको थियो ।
प्राज्ञ अशोक कुमार राईले अहिले सम्म हजारौ गीतहरुमा संगीत संयोजनको काम गर्नु भएकोछ |एकल गिति कार्यक्रमहरुमा उहाको माग बढ्दो छ | उहाको संगीत संयोजनमा बिभिन्न गायक गायिकाहरुको दर्जनौ एकल गिति कार्यक्रम सफल भएका छन् | राईले केहि नेपालि र आदिवासी चलचित्रहरुमा संगीत गरेर बिभिन्नअवार्ड बाट पनि सम्मानित हुनु भएकोछ |इजी पाना बाट
कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेको सभापतित्वमा आयोजना भएको थियो ।