
पाथिभरा च्यानल काठमाडौं | नेपाली र आदिबासी चलचित्को उत्थान र प्रबद्धनको निम्ति बिशेष योगदान दिनुभएको हाल अमेरिकामा रहनु भएको निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । जेपीजे इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो अमेरिकाका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको हो ।

लामो समयदेखि अमेरिकामा बसोवास गर्दै आउनुभएका निर्देशक सुब्बा मौलिक कला र संस्कृतिको प्रवद्र्धनमा निरन्तर सक्रिय हुनुहुनछ । उहाँको पछिल्लो निर्देशन ‘ए फुंङ्’ मा विवस बेनामको शब्द र मनि ताम्लिङको संगीतमा मणि ताम्लिङ र दीपा सुहाङको स्वर सुन्न सकिन्छ ।

भिडियोमा सुमन थाम्सुहाङ र नविना सम्वाहाम्फे मुख्य भूमिकामा देखिनुभएको छ । सुमन थाम्सुहाङ र नविना सम्वाहाम्फेको अभिनय तारिफ योग्य छ | विजेता लिम्बु, सोनिया लाबुङ, निरा नेम्बाङलगायत कलाकारहरूको अभिनय पनि समावेश गरिएको छ ।

भिडियो सम्राट कार्कीले छायांकन गर्नुभएको हो भने सम्पादन मन्दिल श्रेष्ठ र कलर ग्रेडिङ विनय कंशाकारले गर्नुभएको हो । म्युजिक भिडियोले छोटो समयमा युटुबमा भिवर्स पनि राम्रो पाएकोछ साथै कमेन्ट पनि उत्साह जनक राम्रो मिलेकोछ |

निर्देशक किशोर सुब्बा भन्नु हुन्छ हामी विश्वको कुनै पनि स्थानमा रहे पनि हाम्रो भाषा सस्कार सस्कृति लाई कहिले पनि भुल्न हुदैन किन भने यो हाम्रो पहिचान हो | यस्तै ए फुङमा पनि रोमान्टिक भाव संगै संदेश र चेतना पनि दिन खोजिएकोछ |

निर्देशक किशोर सुब्बा अमेरिकामा पहिले देखि नै बिभिन्न उत्कृस्ट म्युजिक भिडियो हेल्लो अमेरीका जस्तो चर्चित कार्यक्रम निर्माण निर्देशन गर्दै आइरहनु भएकोछ ए फुङमा को सार्वजनिक र चर्चा संगै अन्य केहि गीतको पनि निर्देशनको प्रस्ताव आएको पाथिभरा च्यानल लाइ बताउनु भयो |
समग्रमा लिम्बु भाषाको गीत ‘ए फुङ्’ र म्युजिक भिडियो हरेक दृस्टीले राम्रो बनेकोछ | मणि ताम्लिङ र दीपा सुहाङको स्वरले म्युजिक भिडियो लाइ अझ उचाईमा पुर्याएको छ | निर्देशक किशोर सुब्बाको निर्देशकीय पक्ष अब्बल रहेकोछ |



