
काठमाडौं | लोकप्रिय गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बू अध्यक्ष रहनु भएको गायन समाज (कलाकार संघ )का पदाधिकारी द्वारा सस्थाकी सदस्य समेत रहनु भएकी गायीका झुमा वनेम लाइ लाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा नक्साल स्थित नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा वहाँ कै कार्य कक्षमा सफल कार्यकालकाे बधाई तथा शुभकामना दिएका छन ।

गायन समाज (कलाकार संघ )का उपाध्यक्ष सुसन साम्सोहाङ,तारा थेबे लिम्बू ,आशिष् भट्टरा ई सचिव कचन थलङ लिम्बू सदस्य निर्मल सुब्बा लिम्बू लगायतले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनुभएकोछ ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति झुमा वनेम ले बधाई तथा शुभकामनाको लागि धन्यबाद दिदै आगामी दिनमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको बिकाशको लागि जिम्मेवारी काम गर्ने बताइन |



