
दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ।
नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली टोली भोटेकोसी बाढी प्रभावित क्षेत्रमा आज मंगलबारदेखि खोज तथा उद्धारमा खटिएको हो।
दक्षिण कोरियाली उद्धार टोलीले बाढीपछि सम्पर्कविहीन आफ्ना ९ जना नागरिकको खोजीलाई पनि प्राथमिकता दिनेछ।
यस विषयमा केही बेरमा नेपालखबरमा विस्तृत रिपोर्ट प्रकाशन हुँदै छ।



