
मिसेस ब्यूटी क्वीन 2019 को उपाधि बिजेता शान्ति लिम्बूले उपहारको रुपमा सुजुकी लेट्स स्कुटर प्राप्त गरेकी छिन | उनलाई भिजि सुजुकीका वजार व्यवस्थापक नवराज कोइरालाले एक कार्यक्रमको बिच उक्त
स्कुटर प्रदान गरेका थिए | सिजन मिडियाको आयोजनामा भएको
‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज
काठमाडौँ धुम्बाराहीकी बहु प्रतिभाशाली नारी शान्ति लिम्बूले पहिरेकी थिइन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस
लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत हात पार्न सफल भएकीथिइन् ।

| अति मिलनसार सुन्दरी अनि समाजसेबी भावाना भएकी स्पस्ट वक्ताकि धनि शान्ति लिम्बुले
पाथिभरा च्यानल संगको कुराकानी क्रममा भन्नु भयो सिजन मिडियाले उपहार स्वरूप प्रदान गर्ने सम्पुर्ण पुरस्कार आफुले समयमा नै प्राप्त भएपछी आफुमा अझ प्रेणा
मिलेको आयोजक तथा पुरस्कार सौजन्य गर्नु हुने सबै प्रति आभारी छु | हालै मिसेस ब्यूटी क्वीन शान्ति लिम्बूले युएई को सफल भ्रमण पनि गरेकी छिन |

उनि एक सफल ब्युटिसियन पनि हुनुहुन्छ | शान्ति लिम्बुले ब्युटिसियनको कला राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रस्तुत गरिरहेकी
छिन | उनले आगामी दिनमा मिसेस ब्यूटी क्वीन 2019 को गरिमा लाई अझ उच्च बनाएर अघि बढने प्रतिबद्धता जनाइन |



