कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई नेकपाले ५/५ लाख दिने

काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई पार्टीको तर्फबाट पाँच/पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । मंगलबार बाराको फेटा गाउँपालिका पुगेका दाहालले मृतकका प्रतिपरिवार पाँच लाख राहत दिने घोषणा गरेका हुन् ।

उनले बारामा आयोजित एक समारोहमा सम्बोधन गर्दै हावाहुरीमा घाइते भएकाको नि:शुल्क उपचार, सबै क्षतविक्षत घरहरु सरकारले बनाइदिने, बालीनाली र बगैंचाको क्षतिपूर्तिसमेत सरकारले व्यहोर्ने निर्णय भइसकेको जानकारी गराए।

तराई/मधेसमा कहिले बाढी, कहिले आगलागी र अहिले आँधीहुरीबाट क्षति पुर्‍याएको उल्लेख गर्दै दाहालले देश-विदेशका जनता बारा र पर्साका पीडितलाई सहयोग गर्न अगाडि बढिसकेको बताए ।दाहाल घाइतेहरु भेट्न नारायणी उपक्षेत्रीय अस्पताल पुगे भने केही क्षेत्रमा राहत हस्तान्तरण गरेका थिए ।

आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा २७ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय घाइते भएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार