
काठमाडौं, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ ।
आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए ।
कुन ठाउँको झोलुङ्गे पुल रहेको भने खुलाइएको छैन । उक्त टोलीले झोलुङ्गे पुल निर्माण गरेको र बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुससहित गाउँपालिकाका इञ्जिनियर श्रेष्ठलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।



