कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

विश्वका बिभिन्न देशमा रहेका नेपालीहरुलाई यसरी नेपाल फर्काउन सकिन्छ

कोरोना भाईरस ( कोभिड–१९) ले विश्वमा माहामारिको रुप लिइरहेको छ । विश्वको धेरै देशहरु लकडाउनमा गएका छन् | विश्वको अर्थतन्त्र तहसनहस भएको छ । यो लेख तयार गर्दा सम्ममा विश्वभरिमा कोरोना भाइरसका कारणले मर्नेहरुको
संख्या १ लाख पैतालिस हजार नाघिसकेको छ । त्यसमध्ये विश्वमा राम्रो स्वस्थ्य सुविधा भएका भनिएका देशहरु मध्येअमेरिका, इटली,स्पेन, फ्रान्स, युके मा क्रमश ३४६००, २२१००, १९३००, १७९००,१३७०० जना बढिको ज्यान गएको छ । यस्तो बिकराल परिस्थिति विश्वले सामना गरिरहेको र आउदा दिनहरुमा यसले के कस्तो रुप लिने हो भन्नेअहिले सम्म आँकलन गर्न सकिएको छैन । यसै बिचमा विश्वका विभिन्न देशहरुले अन्य देशबाट पढाई तथा रोजगारका
शिलशिलमा आएका विदेशी नागरिकहरुको जिम्मा लिन नसक्ने कुरा स्पष्ट रुपमा भनिसकेको अवस्था छ।

धनी तथा शक्तिसम्पन्न देशहरुले अन्य देशमा रहेका आफ्ना नागरिकहरुलाई फिर्ता लगिसकेका छन । तर नेपाल सरकारले भारतबाटबिभिन्न सिमानाकामा आएका नागरिकहरुलाई समेत नेपाल प्रवेश नगराउदा ठुलै आलोचना खेप्नुपरेको छ ।

तिनै नेपाल प्रबेश गर्न रोक लगाइएका नागरिकहरुले भोगेका र महशुस गरेका दर्दनाक पिडाहरु हाम्रा सामु छन् । यसैबेला विभिन्नदेशमा रहेका नेपाली नागरिकहरुले खान समेत नपाएर स्वदेश फर्किनको लागि चित्कार गरिरहेका छन् । कम्पनीले तलबनदिने भयो , कामबाट निकालेको कारणले सडकमा अलपत्र भएको कुरा बिभिन्न सन्चार माध्यममा आइरहेका छन् ।

हाम्रो जस्तो गरिब देश त्यसमा पनि पचासौं लाखको संख्यामा बैदेशिक रोजगारीमा गएका आफ्ना गरिकहरुलाई स्वदेश फर्काउनु त्यति सजिको कुरा होइन। त्यसैले आजको यस लेखमा लेखक आफैमा सम्बन्धित बिषयमा बिज्ञ नभएता पनिलकडाउन अघि स्वदेश फर्किएका र हाल सम्म स्थानिय निकायको सम्पर्कमा समेत नआएका नागरिकहरुलाई ट्रेस गर्ने र बैदेशिक रोजगारी तथा पढाईको शिलशिलाम विदेशमा गएका नेपाली नागरिक फिर्ता ल्याउने र तिनलाई क्वारेन्टाइनसमय सम्मको लागि ब्यवस्थापन गर्ने सन्दर्भ केहि कुराहरु राख्न गइरहेको छु ।
सर्बप्रथम विभिन्न देशबाट नेपालमा आएका नेपाली नागरिकहरु जो हाल सम्म स्थानिय निकायको सम्पर्कमा आएका छैनन्। तिनिहरुलाई कसरी सम्पर्कमा ल्याउने भन्ने बिषयमा कुरा गरौं ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्ने खतरा देखे सँगै नेपाल सरकारले लकडाउन गरि बिदेशबाट नेपाल आएका नेपाली नागरिकहरुलाई १४ दिनको क्वारेन्टाईनमा राखि कोरोना भाईरसको संक्रमण भए नभएको परिक्षण गर्ने भनियो।तर हाल सम्म तिनिहरुको विस्तृत बिबरण आउन सकेको छैन । यसै बिचमा लकडाउन अघि नेपाल आएका नागरिकहरुको बिबरण निकाल्नको लागि अन्य बिभिन्न उपायका साथै नेपाली सेनाले लकडाउन अगाडी खरिद गरिएका ६० हजार सिमकार्डको बिश्लेषण गर्दै छ । उक्त कार्य गर्न कति समय लाग्ने हो सो समय सम्म बिदेशबाट नेपालमा आएका संक्रमितमार्फत कति जनालाई कोरोना भाईरस सर्ने हो त्यो खतरा रहेको छ ।

यसै बिचमा केहि मत्वपुर्ण घटना भएका छन् |
घटना १ काठमाण्डौंको पेप्सिकोला स्थित रहेको सनसिटि अर्पाटमेन्टमा बस्ने बेलायत बाट चैत्र ५ गते नेपाल फर्किएकादुईजनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । तर एउटै परिवारमा बस्ने बुहारीको भने एन्टिबडिपोजेटिभ देखिएपनि कोरोना भाईरसको संक्रमण नरहेको पुष्टि भएको छ । यसको मतलब बुहारीलाई कोरोना भाइरससंक्रमण भएर पनि निको भएको भन्ने कुरा बुझिन्छ |


घटना २ र्यापिड टेष्टको रिर्पाेर्टमा कोरोना भाईरस पोजेटिभ देखिएका काभे्रका २ जना युवाहरुको पिसिआर प्रविधिबाट स्वाब परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको छ । ति दुई जना युवाहरुमध्ये १ जना चैत्र९ मा भारतबाट आएका थिए भने अर्का चैत्र ७ मा दुबईबाट नेपाल फर्केका थिए । दुइ जना मध्ये दुबईबाट फर्किएका युवाभने २२ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए ।

घटना ३ इटलीबाट नेपाल फर्किएकी ३१ बर्षिय महिलामा एन्टिबडि पोजेटिभ देखिएको छ । उनको पिसिआरप्रविधिबाट परीक्षण हुन बाँकी छ । चैत्रको पहिलो साता आएकी उनी १४ दिन होम क्वारेन्टाइनमा बसेपछि आफन्तहरुसँग भेटघाट गरेको पाइएको छ तर उनी बिदेशबाट आएको भन्ने कुरा स्थानिय तहको रेकर्डमा छैन ।
माथिको बिबरण हेर्दा बिभिन्न देशबाट हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल आएका नेपाली नागरिकको बिषयमा सहि बिबरण अहिले सम्म जम्मा भएको छैन । त्यसकारण त्यसरी लकडाउन अगाडी बिभिन्न देशबाट नेपाल आएका,क्वारेन्टाइनमा नबसेका, स्थानिय निकायमा समेत जानकारी नभएका नागरिकहरुलाई तत्काल पहिचान गर्नको लागिसरकारले तत्काल कडा कदन चाल्नु पर्ने देखिन्छ।
कसरी ट्रेस गर्ने लकडाउन अगाडी बिभिन्न देशबाट नेपाल फर्किएका नागरिक ?
नेपाल लकडाउनमा गएको पनि आज २५ दिन भइसक्यो । यति लामो अबधिमा बिभिन्न देशबाट आएका नागरिक समेत पहिचान गर्न नसक्नुको पछाडी नेपाल सरकारले आफ्ना नगरिक प्रति नरम ब्यबहार देखाएको बुझिन्छ। साथै स्थानिय
तहमा समेत यस बिषयलाई त्यति गहिरो रुपमा हेरिएको देखिदैन ।

तर आज सम्म यहि कमजोरिको कारण भोलिनेपालमा कोरोना भाईरसको माहामारी निम्तिने खतरा देखिरहेको छ । त्यसकारण नेपाल सरकारले निर्णय गरिलकडाउन अघि निश्चित अबधि भित्र विभिन्न देशबाट नेपाल आएका नागरिकहरु जो आज सम्म स्थानिय निकायकोसम्पर्कमा आएका छैनन्। तिनीहरुलाई २४ घण्टा भित्र सम्बन्धित स्थानिय निकायमा सम्पर्क गर्न निर्देशन दिने यदि सो
समय अबधिमा पनि सम्पर्कमा नआएको खण्डमा जरिपाना सहितको हदै सम्मको कारबाहि गर्ने नियम बनाउनु पर्ने देखिन्छ ।
यस आलेखको अर्काे पाटो भनेको बैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा बिदेशमा रहेका नेपाल फर्कन चाहनेनेपालीहरुलाई कसरी स्वदेश फर्काउन सकिएला भन्ने बिषय हो ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई कसरी स्वदेश फर्काउने?नेपाल त्यति धेरै धनी देश होइन जसले बिदेशमा रहेका ५० सौ लाख आफ्ना नागरिकहरुलाई अन्य सम्पन्न देशहरुले जस्तो
हवाइजहाज चार्टर गरेर स्वदेश फर्काउन सक्नेछ र सबैलाई ब्यवस्ति हिसाबले क्वारेन्टाइनमा राख्नेछ ।
सर्बप्रथम त नेपालको सिमापारि आएर क्वारेनटाइनमा बसि रहेका नेपाली नागरिकहरुलाई नेपाल प्रवेश गर्ने नाकाकोआसपासको उपयुक्त स्थानमा क्वारेन्टाईनको ब्यवस्था गरि नेपालमा ल्याउनुपर्छ । र तोकिएको मापदण्ड अनुसारकोक्वारेन्टाईन बनाई राख्ने ब्यवस्था गर्नुपर्छ ।
अन्य विभिन्न देशहरुबाट नेपाल आउन चाहाने ब्यक्तिहरुको हकमा उनीहरु स्वंमलाई प्लेन भाडाको ब्यवस्था गर्न लगाएर नेपाल फर्काउन सकिने छ। तपपश्चात अत्यन्तै कमजोर आर्थिक अबस्था भएका बाहेकका नागरिकहरुलाई तोकिएको
मापदण्ड अनुसारकको क्वारेन्टाइनको ब्यवस्था गरि त्यसमा लाग्ने खर्चमा केहि रकम सरकारको तर्फबाट र केहि रकमसम्बसन्धीत ब्यक्तिहरुले खर्च गर्ने ब्यवस्था गर्न सकिन्छ। यसको लागि अहिले खाली रहेको बिभिन्न होटल तथा रिर्साेटहरुप्रयोग गरि आबस्यक क्वारेन्टाइन स्थलकोे ब्यवस्था गर्न सकिन्छ । त्यसपछि कोरोना भाईरसको संक्रमण भए नभएकोविषयमा बिभिन्न चरणमा जाँच गरि कोरोना भाईरसको संक्रमण नभएको पुष्टि भएपछि मात्र घरपरिवार लगाएत अन्यब्यक्तिहरुको सम्पर्कमा जान पाउने ब्यवस्था गर्नु पर्छ । यदि त्यसो गरियो भने विभिन्न देशहरुमा अलपत्र परेर रहेकाआफ्ना नागरिकको पनि उद्धार हुने, नेपाली नागरिकहरुलाई पनि मेरो देशले अप्ठ्यारो परेको बेला उद्धार गर्‍यो भनेर देश प्रत्तिको गौरब पनि झल्किने देखिन्छ ।

लेखक सुदीप भण्डारी पाथीभरा च्यानल का प्रमुख सम्बादाता तथा समाजशास्त्रका बिद्यार्थी पनि हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार