
काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।
लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

शुक्रबार भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने बाटोको उद्घाटन गरेसँग सडकदेखि सदनसम्मै त्यसको विरोध भइरहेको छ ।
संसद् भवनको दुई नम्बर गेट अगाडि प्रदर्शन गरिरहेका १० जनाजतिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
कान्तिपुर बाट



