कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भारतीय अतिक्रमणविरुद्ध साेमबार पनि प्रदर्शन, माेदीको पुत्ला दहन

काठमाडौँ — भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा प्रदर्शनमा उत्रिएका हुन् ।

सोमबार माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

सोमबार प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । शुक्रबार भारतले .लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्गको उद्घाटन गरेसँगै सडकदेखि सदनसम्म त्यसको विरोध भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार