कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अब उपत्यका प्रवेशमा कडाइ, स्थानीय तहको अनुमतिपत्र देखाउनु पर्ने

काठमाडौं, ३२ जेठ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ ठूलो संख्यामा बढ्न थालेपछि सरकारले उपत्यका प्रवेशका कडाइ गर्ने निर्णय गरेको छ ।

अब उपत्यका प्रवेश गर्नका लागि आफू बसेको नगरपालिकाको अनुमति अनिवार्य रुपमा देखाउनु पर्ने निर्णय आज (आइतबार) गृह मन्त्रालयमा बसेको बैठकले गरेको छ ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी पास दिन सक्ने गृहले निर्णय गरेको छ ।

काठमाडौं उपत्यका बाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने समेत गृह मन्त्रालले निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

नयाँ पेज बाट

F

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार