कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कोरोना अपडेटः विश्वभर कुन देशमा कतिले ज्यान गुमाए? (तालिकासहित)

काठमाडौं, साउन १। कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८६ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ८६ हजार सात सय ७४ पुगेको छ।

त्यस्तै, बिहिवारसम्म एक करोड ३६ लाख ४९ हजार नौ सय १७ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर ८० लाख ३६ हजार चार सय ९९ जना सक्रमण मुक्त भएर घर फर्किएका छन ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ ।

अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ४० हजार एक सय ४० जना, ब्राजिलमा ७५ हजार पाँच सय २३, भारतमा २४ हजार नौ सय २९, रसियामा ११ हजार सात सय ७० र पेरुमा १२ हजार चार सय १७ जनाको मृत्यु भइसकेको छ ।

रीपोटर्स नेपाल बाट


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार