कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तीज आयो सम्झायो माइतिघर मा सुरवीर पण्डितको जीवन्त अभिनय

हरेक बर्ष वल्डकभर मिडियाले तीजको अवसरमा निर्माण गरेको चर्चित तीजको म्युजिक भिडियोले चर्चा बटुलेको हुन्छ | यस बर्ष पनि तीज गीत सम्झायो माइतीघर को भिडियो सार्वजनिक गरेको छ म्युजिक भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको आकर्षक नृत्य र उत्कृष्ट अभिनय रहेको छ l

दुर्योधन बस्नेतको शब्दरचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा सुमित्रा गौतमले स्वर दिएकी छिन् l

गीतमा तीजमा माइत जान नपाएकी चेलीका पीडाहरु पोखिएको छ भने समीर थोकरको कोरियोग्राफी, ललित के. सी. को निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको सिनेम्याटोग्राफीमा भिडियो निर्माण भएको हो l जसमा वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन एवं कलर करेक्शन गरेका छन् l

भिडियोमा लोकेश भाटको सह-सम्पादन रहेको छ l वर्ल्डकभर मिडिया को पोष्ट प्रोडक्शनमा निर्मित भिडियो World Cover Media युट्युब च्यानलमा हेर्न सकिन्छ l

भिडियो हेर्नुहोस् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार