
पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ चाडै सार्वजनिक हुँदैछ | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा साथ् दिएकी थिइन |
राम कार्कीको एरेन्ज रहेको गीत सेवा डिजिटल रेकडिङ स्टुडियोमा रेकडिङ हुँदैछ |पालाम ख्याली भाग १ र २ जस्तै ३ लाई पनि दर्सक श्रोताले मन मन पराउनु हुनेछ भन्नेमा गायक नरेश वनेमआशाबादी हुनुहुन्छ | सिरैमा शिर फुल लाएर बोल रहेको गीत लिम्बू जतिको सस्कृती र रहन सहन लाई समेटिएको छ् |
यस गीतको रचनाकार तथा संगीतकार राज चम्लिङ्ले म्युजिक भिडियो पनि परिस्थिती सामान्य भएपछी निर्माण गरिने कुरा पाथिभरा च्यानल लाई बताउनु भयो | चन्द्र माया लिम्बुले निर्माण गरेको उक्त गीत सुम्हात्लुङ अनलाइन युटुब च्यानल मार्फत केहि हप्ता पछि सार्वजनिक गरिनेछ |



