कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यस्तो छ आज जनकपुरमा हस्तान्तरण हुँदै गरेको दुई रेल (फोटो फिचर)

काठमाडौं, २ असोज । लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गर्दै आएको आफ्नै देशको रेल चढ्ने सपना अब विपनामै पूरा हुँदै छ । धनुषाको कुर्था–जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरिसकेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइँदैछ ।

अहिले रेल नेपाली भूमि प्रवेश गरेको र दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् । नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो ।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् । लामो प्रतीक्षापछि जनकपुर–जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ ।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो ।

रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ । नयाँ पेज बाट
हेर्नुस् तस्विर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार