कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्च अदालतको आदेशः २१ मन्त्री पदमुक्त

काठमाडौ, ८ असार । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । आज सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशले मन्त्रिमण्डल विस्तार हुँदा मन्त्री भएका २१ जना पदमुक्त भएका छन् । पदमुक्त भएकामा ११ जना जनता समाजवादी...

June 22nd, 2021

आजदेखि उपत्यकामा ‘स्मार्ट लकडाउन’

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसंग आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता...

June 22nd, 2021

मुलुकभर २,२९७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको...

June 21st, 2021

आकस्मिक रुपमा बस्यो माओवादी केन्द्रको बैठक

नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ। भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्इहरुसँग सुझाव...

June 21st, 2021

उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय, बार अनुसार पसल खोल्न दिने निर्णय

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ । यस्तै काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८...

June 20th, 2021

बिभिन्न गतिबिधी र जानकारीमुलक कार्यक्रम हेल्लो अमेरिका युट्युवमा

अमेरिकाको बिभिन्न गतिबिधी विभिन्न स्थानको परिचय साथै जानकारीमुलक कार्यक्रम HELLO अमेरिका को पहिलो भागको प्रशारण भएको छ |उक्त पहिलो भागमा कार्यक्रमको प्रस्तोता सुमन थाम्सुहाङले कोरोना पार्कको बारेमा सरल र आकर्षक ढंगले जानकारी दिएका छन | अब नेपालमा नै रहेर पनि अमेरिकाको बारेमा सम्पूर्ण जानकारी हेल्लो अमेरिका मार्फत लिन सकिने...

June 20th, 2021

मनाङसँग सडक सम्पर्क विच्छेद, थुनिएको मर्स्याङ्दी आफैं बग्न थाल्यो

६ असार, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै पानीले आफैं बाटो बनाएर बग्न थालेपछि ठूलो...

June 20th, 2021

।मुक्तक । निर्णय [] हाङओजा थेगिम

घर जलाएर लुङ्वाकोइलाको व्यापार पनि के गर्नु रआफू त कञ्चन लुङ्वाउड्दै भुसमा ठाउँ पनि के सर्नु रअरुको सुन्यो आफैं गुन्यो–आत्मा घात गरेर लुङ्वापीडामा जल्दैआफैँ पनि के मर्नु र। हाङओजा थेगिम

June 19th, 2021

मेलम्चीमा फेरि बाढी : यसअघि बेपत्ता २० जना अझै भेटिएनन्, खोजी जारी

सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको मेलम्चीमा हिजो (शुक्रबार) बेलुकी फेरि बाढी आएको छ । राति काठ, दाउरा, ठूला ढुङ्गा र लेदोसहित बाढी आएको हो । राति बाढी बस्तीमा पनि पसेको थियो । मङ्गलवार जस्तो ठूलो बाढी नआए पनि बाढीले बगाएर ल्याएका ढुङ्गा, काठ र लेदो थप जम्मा भएको स्थानीय बासिन्दाले...

June 19th, 2021

सिन्धुपाल्चोक बाढीमा हेलम्बुका थप चार जना हराएको पुष्टि, अझै १७ बेपत्ता

सिन्धुपाल्चोकको बाढी पहिरोमा हेलम्बुका थप चार जना बेपत्ता भएको खुलेको छ। योसँगै बेपत्ताको संख्या १७ रहेको छ। यसअघि २० जना बेपत्ता भएकोमध्ये ३ जनाको शव फेला परेको छ भने चारजना सम्पर्कमा आएका छन्। बिहीबार हेलम्बु गाउँपालिका १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पुर्ण तामाङ, ५० वर्षीय कामी...

June 17th, 2021