कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सिन्धुपाल्चोक बाढी–पहिरो : सात जनाको मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

सिन्धुपाल्चोक, २ असार । सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिएका छन् । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा...

June 16th, 2021

मेलम्ची नदीमा आयो बाढी सिन्धुपाल्चोकमा बाढीको वितण्डा

२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल...

June 16th, 2021

आजको तस्बिर.. पाँचथरको याङनाम आकाशे भञ्ज्याङ्गमा भदौमा लाग्ने मेला २०४० सालमा खिचिएको

पाँचथरको रमाइलो गाँउठाउ याङनाम आकाशे भञ्ज्याङ्गमा बर्षौं पहिलेदेखी लाग्दै आएको भदौमा लाग्ने मेला २०४० सालमा र ३७बर्ष पछाडी गतवर्ष २०७७ सालमा खिचिएको बजारको रमाइको झलक …. साहित्यकार हाङओजा थेगिम बाट

June 14th, 2021

सोमबार २९ सय १८ संक्रमित थप, ५ हजार संक्रमणमुक्त

काठमाडौं, ३१ जेठ । आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख...

June 14th, 2021

जसपाबाट मन्त्री बनेकालाई उपेन्द्र पक्षले माग्यो स्पष्टीकरण, जवाफ दिन सात दिन समय

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ ।यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी सात दिनभित्र जवाफ दिन भनेको हो । जसपाका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी...

June 14th, 2021

उपत्यकामा थप भएको निषेधाज्ञामा के गर्न पाइन्छ के पाइँदैन? (आदेशसहित)

काठमाडौं, ३० जेठ । सरकारले एक साताका लागि लम्ब्याएको निषेधाज्ञा केही खुकुलो बनाएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसी निषेधाज्ञा ७ असारको मध्यरातसम्मका लागि लम्ब्याउने निर्णय गरेका हुन् । तर, यसपटक किराना पसल र पुस्तक पसलहरु विहान ११ बजेसम्म खोल्न छूट दिइएको छ...

June 13th, 2021

गण्डकीमा मुख्यमन्त्री दावी गर्न पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका...

June 11th, 2021

प्रदेश सांसदले भने : सीमामा पर्खाल लगाउन नसकेपनि तारबार लगाऊ

प्रदेश-१का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । प्रदेश-१ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । सीमामा विवाद भइरहने उल्लेख गर्दै उनले पर्खाल लगाउन नसकेपनि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने...

June 11th, 2021

खुवालुङ : केन्द्रले हटाउने, प्रदेशले बचाउने !

२८ जेठ, काठमाडौं । ८ फागुनमा विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरे । किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको आस्थाको केन्द्रमाथिको नांगो प्रहार भन्दै सरोकारवाला निकायले यसको विरोध पनि गरेका...

June 11th, 2021

गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्। आज प्रदेश सभामा उनले विश्वासको मत लिने प्रस्ताव गरेका थिए। प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ। मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्। संविधानको धारा...

June 10th, 2021