कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९...

May 27th, 2021

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका ७१ कामदार संक्रमित

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनामा कार्यरत ७१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएका कामदारलाई आयोजनाले नै निमार्ण गरेको छुट्टै आइसोलेसन सेन्टरमा राखेर सुरुङ खन्ने काम जारी रहेको कुरा आयोजनाले जनाएको छ । आयोजनाको मुख्य कार्य भनेको सुरुङमार्ग निमार्ण गर्नु भएकोले सुरुङमार्ग निमार्ण कार्यलाई निरन्तरता दिई अन्य कामहरु...

May 27th, 2021

नहेर तर्केर भन्दै बिमला लिम्बु र भिम तुम्बाहाम्फे (भिडियो सहित)

पाथिभरा च्यानल – नायिका तथा मोडल बिमला खजुम र नायक भिम तुम्बाहाङफे अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ । केहि बर्ष पहिलेको परिवेश...

May 26th, 2021

थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

काठमाडौं, १० जेठ । आज नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ हजार १ जना ३५ संक्रमणमुक्त भएका छन् । हालसम्म ३...

May 24th, 2021

संसद विघटनको विपक्षमा खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर (नामावलीसहित)

काठमाडौं, १० जेठ । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट...

May 24th, 2021

छोराहरु छाडेर आमा भारत भाग्न नमानेपछि दुई बालकको हत्या भएकाे खुलासा, अभियुक्त पक्राउ

बाराका दुई बालकको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी रहेका छन्। जेठ ३ गते साँझदेखि बेपत्ता भएका रंगपुरकै अब्दुल गफार अन्सारीका छोराहरु जेठो ९ वर्षीय अमान अन्सरी र कान्छो ७ वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या...

May 23rd, 2021

विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने (वक्तव्य)

विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको...

May 22nd, 2021

मध्यरातमा संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो...

May 22nd, 2021

रेस्क्यू म्युजिक अवार्डको घोषणा

काठमाडौं– लामो समयदेखि म्युजिक भिडियोहरु निर्माण गर्दै आएको रेस्क्यू क्रिएशनले निकट भविष्यमा ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको जनाएको छ । संस्थाका निर्देशक समन अधिकारीले वर्षौदेखिको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक स्रष्टाको उच्च...

May 21st, 2021

प्रधानमन्त्रीको दाबी पेश गर्न देउवा राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्रीमा दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धन राष्ट्रपति कार्यालय पुगेका हुन्। यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम...

May 21st, 2021