कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते, १३ को अवस्था गम्भीर

संखुवासभा, २० चैत । धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो। उत्तर दक्षिण...

April 2nd, 2021

पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने...

April 1st, 2021

महोत्तरीमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतमा भेटिए

महोत्तरी, १८ चैत । महोत्तरी भंगाह–८, धरमपुरमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतको सीतामढीमा भेटिएका छन् । उनीहरू भारतको सीतामढीमा फेला परेको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । अहिले उनीहरूलाई त्यहाँको रेलवे–स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले बताए । मंगलबार दिउँसो घाँस काट्न गएका बेला...

March 31st, 2021

बढ्यो प्रचण्डको सक्रियता, देउवापछि भट्टराईसँग भेट, बन्ला त नयाँ समीकरण?

संसद बैठकअघि नयाँ सत्ता समीकरण निर्माणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन्। मंगलबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन्। मंगलबार नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पनरवलोकनका लागि अदालत पुगेर...

March 30th, 2021

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

१६ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको बैठकले दलको नेतामा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ । संसदीय दलको नेता टङ्क आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि सोमबार बसेको बैठकले रिक्त रहेको स्थानमा आङ्बोलाई चयन गरेको हो । बैठकले दलको उपनेतामा रामकुमार राईलाई चयन गरेको छ ।...

March 29th, 2021

भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ...

March 29th, 2021

पिताको अंगालोमा जान दौडिरहेकी ७ वर्षकी बालिकालाई प्रहरीले गोली हानेर मारिदिए

काठमाडौं। म्यानमारमा एक सात वर्षीया बालिकाको गोली हानी हत्या गरिएको छ । गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । मृतक बालिका चिन मायो चितको परिवारले बीबीसीलाई बताएअनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला प्रहरीले उनलाई गोली हानेर मारिदिएका...

March 29th, 2021

काठमाडौंमा होली खेल्दा एसिड प्रहार, तीन जना घाइते

काठमाडौंमा होली खेल्ने क्रममा एसिड प्रहार भएको छ। सम्बन्धित व्यक्तिहरुले झुक्किएर एसिड पर्न गएकाे बताए पनि प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। काठमाडौंकाे शंकरापुर-१ मा आइतबार होली खेल्ने क्रममा दुई किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरका डीएसपी प्रमेश बिष्टले बताए। घाइते तीन जनाको शुष्मा मेमोरियल...

March 29th, 2021

भारतमा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण, ३ सय बढीको मृत्यु

नयाँदिल्ली, १५ चैत । भारत पछिल्लो समय कोरोना भाइरसबाट सबैभन्दा बढी ग्रस्त बनेको देखिएको छ । भारतमा लगातार दोस्रो दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । बीबीसीहिन्दीका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको...

March 28th, 2021

‘खैयामलाई प्रश्न’को विमोचन:

रुबाई विधाको ऐतिहासिक कृति ‘खैयामलाई प्रश्न” विमोचन गरिएको छ ।  होलीको अवसर पारेर क्रिएटिभ सर्कल अस्ट्रेलियाको आयोजनामा नेपाली समयअनुसार आज बिहान ८ बजे कृतिको भर्चुअल विमोचन गरिएको हो ।  कृतिमा विभिन्न देशमा रहेर साहित्यमा कलम चलाइरहेका नेपालीभाषी, नेपाली मूलका २२८ जना रुबाईहस्तीका रुबाई समावेश गरिएको छ । कार्यक्रममा क्रिएटिभ सर्कल,...

March 28th, 2021