कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । यसअघि सरकारले माइतीघरमा...

August 18th, 2018

डेटिङमा बोलाएर प्रेमिकाको विभत्स हत्या, डेटिङले नै उडायो अष्ट्रेलिया ‘सपना’

मोरङ, १ भदौं । युवापुस्तामा ‘डेटिङ’ सँस्कृति बढ्दो छ । यसले प्रेम सम्बन्धलाई प्रगाढ बनाउन सहयोग मात्र पुर्‍याएको छैन, अपराधका घटना समेत बढाइरहेको सबै क्षेत्रले स्वीकार गर्न थालेका छन् । मोरङको विराटनगरमा यस्तै ‘डेटिङ’ ले डरलाग्दो घटना निम्त्याएको छ । विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स...

August 17th, 2018

सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन ! मुलुकी ऐनको पहिलो ‘शिकार’

१ भदौ, काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरवार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेकाे छ । मुलुकी ऐनको विरोधमा निस्केका यी युवक नयाँ मुलुकी एेनको सम्भवतः पहिलो शिकार बनेका छन् । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका...

August 17th, 2018

बाराका किसान आन्दोलितः सडकमै पोखिदिए दूध

३१ साउन, बारा । सरकारले दुधको मूल्य घटाएको विरोधमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका किसानले सडकमा दुध पोखेर बिरोध जनाएका छन् । बुधबार विहान जीतपुरसिमरा उपमहानगरपालिका-१८ मनहर्वाका किसानहरुले सरकारको विरोध गर्दैसडकमा दूध पोखेका हुन् । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको मनहर्वा उपकेन्ऽमा आवद्ध १५० बढी किसानहरुले मानमत-कलैया सडकखण्डको मोती...

August 16th, 2018

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका...

August 16th, 2018

धोबीखोला किनारका बस्ती डुबानमा, दोष ‘आर्कब्रिज’लाई !

३० साउन, काठमाडौं । गएराति धोबीखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजारसम्मका बासिन्दा नराम्रोसँग प्रभावित भएका छन् । डुबानबाट लाखौंको क्षति भएको पीडितहरुले बताएका छन् । खोला किनारमा रहेका घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरुमा दुई फिटसम्म पाँगो माटो जमेको छ । बाढी पसेपछि सो क्षेत्रका बासिन्दा रातभर जाग्राम...

August 15th, 2018

सुन तस्करीका ठूला माछा पक्राउ परिसके : गृहमन्त्री

२९ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए । मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले पछिल्लो ३/४ वर्षमा ३८ क्वीन्टल सुन तस्करी...

August 14th, 2018

बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ता कैलालीमा पक्राउ

२९ साउन, कैलाली । बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो । वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि इलाका प्रहरी कार्यालय...

August 14th, 2018

प्रहरी हत्या प्रकरणः राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

जनकपुर — सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियाे। ११ बजेदेखि लिइएको बयान २ बजे सकिएकोथियाे। बयान सकिएलगत्तै महोत्तरी जिल्ला...

August 13th, 2018

बाढीले लमही–तुलसीपुर सडक अवरुद्ध

दाङ — आइतबार रातिदेखि भैरहेको अविरल वर्षाका कारण विभिन्न खोलाहरुमा बाढी आउँदा सोमबार बिहानैदेखि लमही–घोराही–तुलसीपुर सडकखण्डको यातायात प्रभावित भएको छ । ठूला गाडीहरु जोखिम मोलेर पार गरेपनि साना गाडी र मोटरसाइकल खोला पार गर्न सकिरहेका छैनन् । घोराही–लमही सडक खण्डको कटुवा खोलामा आएको बाढी । पुल बनाउने क्रममा भत्काएका...

August 13th, 2018