कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

वाइसिएलद्वारा अध्यक्ष ओलीलाई छिटो पार्टी एकता गर्न आग्रह

भक्तपुर, ३ पुस (रासस) ः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ । आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो । वाइसिएलका...

December 18th, 2017

समानुपातिकमा कुन दललाई कति सिट ?

मंसिर १० र २१ गते सम्पन्न पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेकाे निर्वाचन आयोगले जनाएकाे छ । प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७१ हजार १७ मत पौप्त गरी पहिलो, कांग्रेसले ३१ लाख २४...

December 18th, 2017

वामदेव हारको कारण खोज्न समिति

एमाले उपाध्यक्ष वामदेव गौतम आफ्नै क्षेत्रमा थोरै मतान्तरले पराजित हुनुको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा दुई सदस्यीय समिति गठन गरिएको हो । समितिमा क्षेत्र १ माओवादी केन्द्रका नेता भवनकुमार थारू पनि छन् । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने संयोजक ज्ञवालीले...

December 18th, 2017

दुई कम्युनिष्ट मिल्दा अन्तर्राष्ट्रियरुपमा तरंग ः अध्यक्ष दाहाल

चितवन, १५ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताउनुभएको छ । ‘वामगठबन्धन जिताऔँं नागरिक अभियान’ चितवनले आज भरतपुर महानगरपालिका–६ गीतानगरमा आयोजना गरेको प्रचण्डसँग नागरिक समाज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई कम्युनिष्ट मिल्दा २००७...

December 1st, 2017

चितवनमा ८३ जना एचआइभी संक्रमित

चितवन, १५ मंसिर (रासस) ः सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् । परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४...

December 1st, 2017

मुलुकको व्यापार घाटा चुलिँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौँ, १४ मसिर (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउनुभएको छ । बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँले मुलुकमा...

November 30th, 2017

प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निराशा

क्लाफाँटा, कञ्चनपुर, १४ मंसिर (रासस) ः गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन । उहाँ मात्रै होइन सोही ठाउँका तत्कालीन माओवादीका स्थानीय नेता विख्लु चौधरी पनि निर्वाचनप्रति त्यति उत्साहित...

November 30th, 2017

‘म कांग्रेस पार्टीको अध्यक्ष होइन, आचारसंहिता उल्लंघन गरेर हिँड्न’

भद्रपुर : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कुनै ठूला मिडियालाई विज्ञापन नदिएको बताएका छन्। झापाको भद्रपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै ओलीले आफूले नभइ आफ्ना शुभचिन्तकले ठूला अखबारमा शुभकामना दिएको हुनसक्ने बताए। उनले भने, ‘मैले कुनै अखबारलाई विज्ञापन दिएको छैन। कसैले एमालेलाई सहानुभूति राखेर शुभकामना दिन्छ भने त्यो...

November 29th, 2017

बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, १३ मंसिर (रासस) ः काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा...

November 29th, 2017

केपी ओलीको सम्बोधन हुदै गर्दा लगनखेलमा बम बिस्पोट

ललितपुर । लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो । गलबार दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले...

November 28th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent