ब्रेकिंग न्युज

उपनिर्वाचनः एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने

काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सुहाङ स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा हुन् । एमाले उपाध्यक्षसमेत रहेका सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको...

March 24th, 2024

बयान दिएर बाहिरिँदै विनोद चैधरीले भने: राजनीतिक स्टन्ट गर्नेहरुलाई मैले चरित्रको सर्टिफिकेट बुझाउन पर्दैन

काठमाडौं,८ चैत । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘स्टन्ट’ को संज्ञा दिएका छन् । सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका...

March 21st, 2024

फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ महोत्सव हुँदै

 पाँचथर। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमी बजारमा प्रथम सेहो?नाम्लाङ साँस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना गरिने भएको छ। २०८० चैत २६ गतेदेखि २०८१ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। स्थानीय ऐतिहासिक, मुन्धुमिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार एवंम् पर्यटन प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको बताइएको छ। त्यस्तै स्थानीय...

March 19th, 2024

प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिमा स्मृति सभा सम्पन्न

वरिष्ठ चलचित्र निर्देशक स्व.प्रताप सुब्बाको प्रथम वार्षिक पुण्य तिथिका अवसरमा आयोजित स्मृति सभा सम्पन्न भएको छ l सभा हिजो चैत ३ गते शनिबार काठमाण्डौमा आयोजना भएको थियो l सभाका संयोजक वरिष्ठ चलचित्रकर्मी विनोद सेराङले स्व. सुब्बाको व्यक्तित्वको बारेमा चर्चा गर्दै उहाँको नाममा छिट्टै अक्षयकोश खडा गरिने र चलचित्र निर्देशक...

March 18th, 2024

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डको प्रसन्नता

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७,...

March 13th, 2024

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेदवार बनेका दाहालले ३९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनलाई नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले मतदान गरेका थिए ।दाहाल राष्ट्रपतिबाट...

March 12th, 2024

उपेन्द्र यादवले गरे शपथ ग्रहण,उपप्रधानसहित स्वास्थ्यमन्त्रीमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको...

March 10th, 2024

प्रचण्ड नेतृत्वको सरकारलाई साथ दिन एमालेको आग्रह

मुलुकको हित र स्वाधीनताको रक्षा गर्नुपर्ने भएकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन भएको भन्दै उक्त सरकारलाई साथ र समर्थनका लागि अन्य दललाई अनुरोध गरेको उनले बताए। सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई  साथ दिन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह...

March 8th, 2024

पहिचान, लिम्बु भाषा, संस्कृतिको संरक्षणको निम्ति तान्छोपालाई बचाउन पर्छ नरबिर आङबो

किरात याक्थुङ चुम्लुङ युके ले तान्छोपा मासिक पत्रिका अक्षयकोषको लागी आर्थिक सहयोग गरेको छ । किरात याक्थुङ चुम्लुङ ईलामले आयोजना गरेको आदिबासी याक्थुङ लिम्बु सांस्कृतिक महोत्सवमा सो सहयोग रकम प्रदान गरिएको हो । कार्यक्रममा कियाचु युकेका अध्यक्ष नरवीर आङबोले कियाचु केन्द्रिय अध्यक्ष प्रेम एत्तेनलाई चेक हस्तान्तरण गनुभएको थियो ।...

March 7th, 2024

अन्तर्राष्ट्रिय विकास साझेदारलाई कुलमानको आग्रह : ऊर्जा क्षेत्रमा लगानी बढाउनुहोस्

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र एसियाली विकास बैंकलाई नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, विस्तार र सुधारका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले प्राधिकरणले सहायता बढाउन...

March 1st, 2024