कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

विदेशमा जोखिममा रहेका नेपालीको उद्धार गर्न सर्वोच्चको आदेश

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो । विदेशमा जोखिममा...

April 16th, 2020

र्‍यापिड टेस्टमा झापाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

४ वैशाख, विराटनगर । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनमा कोरोना...

April 16th, 2020

कोरोनाबाट २४ घण्टामै विश्वका सात हजार ९५९ को मृत्यु, ८४ हजार बढी नयाँ संक्रमित थपिए

काठमाडौं, ४ बैसाख । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर संक्रमितको संख्या २० लाख ८३ हजार नाघेको छ गएको २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभरका झण्डै आठ हजार मानिसले ज्यान गुमाएका छन् । वल्र्डओमिटरका अनुसार बिहीबार बिहान सबा ६ बजेसम्मको तथ्याङ्कअनुसार २४ घण्टामा सात हजार ९५९ जनाको मृत्यु भएको छ...

April 16th, 2020

राजधानीमा थप कडाइ, दुई घण्टामा दुई हजार समातिए

काठमाडौं : काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ।  जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ।  लकडाउन...

April 15th, 2020

कोरोनाबाट अमेरिकामा एकै दिन २४ सयको मृत्यु, कहाँ कतिले गुमाए ज्यान ?

काठमाडौं, ३ बैसाख । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले पछिल्लो समय सबैभन्दा बढी अमेरिकालाई आक्रान्त बनाएको छ । कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म २६ हजार ९४५ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा मंगलबार एकै दिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु...

April 15th, 2020

भ्याक्सिन बिना कोरोना महामारी रोकिंदैन : डब्ल्युएचओ

काठमाडौं, २ बैसाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारी भ्याक्सिन बिना रोक्न नसकिने स्पष्ट पारेको छ । डब्ल्युएचओले प्रभावकारी भ्याक्सिनले मात्र कोरोना भाइरसको संक्रमणलाई रोक्ने दावी गरेको छ । अहिलेको सबै उपचार काम चलाउ मात्र भएको बताउँदै भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नियन्त्रणमा आउन नसक्ने...

April 14th, 2020

कोरोनाबाट विश्वभर एक लाख १९ हजारको मृत्यु, अमेरिकामा मात्रै २३ हजार बढीको ज्यान गयो

२ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या झण्डै १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ११३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन्...

April 14th, 2020

देशभरका निजी अस्पताल पनि सरकारले सञ्चालन गर्ने तयारी

काठमाडौं, १ वैशाख । सरकारले देशभरका सबै अस्पताललाई आफै संचालन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको संक्रमित बढेसँगै उपचारको दायरा बढाउनुपर्ने भन्दै देशभरका अस्पताल संचालनको तयारी गरेको हो । ‘के सरकारी के निजी देशैभरीका अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ, त्यसैले देशैभरीका अस्ताललाई सञ्चालन गर्न योजनाका साथ मन्त्रालय तयारी अवस्थामा...

April 13th, 2020

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

१ वैशाख, काठमाडौं । काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५०...

April 13th, 2020

कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिए

कैलाली, बैशाख १ । कैलालीमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश...

April 13th, 2020