विश्वभर कोरोनाबाट एक लाख ६० हजारको मृत्यु, २३ लाख २५ हजार ३३५ संक्रमित

काठमाडौं, ७ बैसाख । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले विश्वका सबैजसो देशलाई अत्याइरहेका बेला ग्रिनल्याण्ड भने विश्वकै कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको छ ।

यहाँका कोरोना संक्रमित ११ नागरिक उपचारपछि निको भएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त पहिलो देश बन्न सफल भएको हो छ । ग्रिनल्याण्डमा अप्रिल ४ यता कोही संक्रमित फेला नपरेको त्यहाँको सरकारले जनाएको छ ।

ग्रिनल्याण्डमा पहिलो संक्रमित भने मार्च १४ मा भेटिएका थिए । मार्च २७ मा सबैभन्दा बढी चार संक्रमित भेटिएका थिए । मार्च २२ मा दुई जना र मार्च १८, २४ र २५ मा एक–एक संक्रमित भेटिएका थिए ।

अन्तिम संक्रमितको अप्रिल ७ मा गरिएको भाइरस परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएपछि ग्रिनल्याण्ड कोरोना भाइरसमुक्त बनेको हो । फेरि संक्रमण बल्झिन सक्ने भएकाले यहाँ उच्च सतर्कता भने अपनाइएको जनाइएको छ ।

ग्रिनल्याण्ड विश्वकै ठूलो टापु हो । यो देशको जनसंख्या करीब ५६ लाख छ । यो भौगोलिक रुपमा उत्तर अमेरिकामा पर्ने स्वायत्त देश हाे। तर, राजनीतिक रुपमा यो डेनमार्कको राजतन्त्र अन्तर्गत छ ।

विश्वभर कोरोनाबाट एक लाख ६० हजारको मृत्यु, २३ लाख २५ हजार ३३५ संक्रमित
२१० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरस संक्रमण फैलिंदा हालसम्म विश्वभर २३ लाख २५ हजार ३३५ जना संक्रमित भएको पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् ।

एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् । विश्वभर पाँच लाख ९६ हजार संक्रमित व्यक्ति उपचारपछि निको भएर घर पनि फर्किएका छन् । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार ३०३ तीन जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

एकै दिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या झण्डै ३९ हजार पुगेको छ । सात लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको इटालीमा २३ हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ७५ हजार बढी संक्रमित छन् ।

स्पेनमा भने मृतकको संख्या २० हजार ६ सय नाघेको छ भने एक लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । फ्रान्समा १८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार चार सय नाघेको छ ।
फ्रान्समा एक लाख ५१ हजार व्यक्ति संक्रमित छन् भने बेलायतमा सक्रमित हुनेमा एक लाख १४ हजारभन्दा बढी रहेका छन् ।

अमेरिका र क्यानडाबीचको सीमा थप एक महिना बन्द
अमेरिका र क्यानडाको सीमा क्षेत्र थप एक महिना बन्द गरिने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढेपछि गत एक महिना यता दुई देशबीचको सीमा क्षेत्र बन्द गरिएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका व्यक्ति र ढुवानी वाहक गाडीलाई रोक लगाइने छैन । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाज चलिरहेका छन् । अमेरिकाले आन्तरिक र बाह्य यात्रामा ३० जुनसम्म प्रतिबन्ध लगाएकाले क्यानडाले पनि सीमा बन्द गर्ने निर्णय गरेको हो ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार