भारतमा २० हजार कोरोना संक्रमित, मृतक ६ सय नाघ्यो

एजेन्सी, १० वैशाख । भारतमा कोरोना भाइरसबाट २० हजार मानिस संक्रमित भइसकेका छन् । त्यहाँ ६४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतले संक्रमण रोकथामका लागि लकडाउन गरेको छ । लकडाउन एक महिना पुग्न लागेको छ । तर पति संक्रमित संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ ।

भारतले धेरै मानिसलाई मृत्यु हुनबाट भने बचाएको तथ्यांकबाट देखिन्छ । बितेको २४ घन्टामा संक्रमित संख्या १५ सयले वृद्धि भएको छ । मृतक संख्या ५० भन्दा बढी वृद्धि भएको छ ।

दक्षिण एशियामा भारतपछि पाकिस्तानमा साँढे ९ हजार संक्रमित संख्या पुगेको छ । त्यहाँ भारतको भन्दा बढी ६७३ जनाको संक्रमणबाट मृत्यु भएको छ । बँगलादेशमा ३३ सय, अफगानिस्तानमा १ हजार, श्रीलंकामा ३१०, मालदिभ्समा ८३, नेपालमा ४२ र भुटानमा ६ जना संक्रमित भइसकेका छन् ।-File Photo: Agency

रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार