मुख्य समाचार

प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् ।

काठमाडौँ — साउदी अरबमा सवारी चालकको काम गर्न गएका बुद्धशान्ति गाँउपालिका ४ झापाका प्रशान्त लिम्बुले ब्लडमनिबापत ३६ लाख ८१ हजार रुपैयाँ बुझाएर बिहीबार राति स्वदेश फिरेका छन् । साउदी अरबस्थित कराम अल खालिजा फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीले गाडीको तेस्रो पक्षको बिमा नगर्दा र लाइसेन्स उपलब्ध नगराउँदा लिम्बुले ब्लडमनि...

December 14th, 2018

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशकलाईसँगै लिएर एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रका शौचालयमा हेर्न पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए । प्रदेशको एकमात्रै ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अस्पताल अत्यधिक दुर्गन्धित...

December 10th, 2018

तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- ‘न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

काठमाडौँ — गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ । उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड...

December 5th, 2018

निर्मलाको न्यायका लागि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको प्रदर्शन

जाजरकोट : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले निर्मला पन्तको न्यायको लागि जाजरकोटमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा त्रिभुवन माध्यामिक विद्यालय, शान्ति ज्ञानकुन्ज बोर्डिङ, समाता स्कुल लगायत सामुदायिक र निजी स्कुलका सयौं विद्यार्थीहरु पनि सहभागी छन् । नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा आइतबार दिउसो जिल्ला सदरमुकाम खलंगाको तल्नो...

December 3rd, 2018

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै प्रदर्शन

काठमाडौँ — एसिया प्यासिफिक समिट भइरहेको बेला शनिबार राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । युवाहरुले ‘सरकार भेटियो,न्याय भेटिएन’ लेखिएको ब्यानर बोकेर माइतीघर मण्डलादेखि बानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।...

December 1st, 2018

समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा पुगिन् श्रृंखला

१५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक...

December 1st, 2018

जोरबिजोरको मारमा सर्वसाधारण

काठमाडौँ — अन्तरराष्ट्रिय गैर सरकारी संस्था युनिभर्सल पिस फेडरेसनले मंसिर १४ देखि १७ सम्म गर्न लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ देखि १६ गतेसम्म जोरबिजोर नम्बरका आधारमा सवारी साधन चलाउन दिने निर्णय गरेको छ । आज बिजोर नम्बरका गाडी मात्रै गुडेकाले आफ्नो...

November 29th, 2018

बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापा जोडिएपछि मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सांसद

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए। अभियान प्रदेशको हो कि...

November 28th, 2018

झापा शिवसताक्षी न .पा लालझोडामा भिषण आगोलागिमा परि ४ जनाको मृत्यु

झापा शिवसताक्षी नपा वाड न ७ लालझोडा स्कुल छेउ निवासी लक्षमण खनालको घरमा गए राती १० बजेतिर आगलागी हुदा परिवारका ४ जनाको जलेर निधन भएको छ ! ३६ बर्सिया लक्षमण, उनकी श्रीमति, ४ बर्षिय छोरी सुप्रिया र काखे छोरा टिकाराम को जलेर मृत्यु भएको छ | ट्याक्टर तथा थेसर...

November 26th, 2018

Most Recent