मुख्य समाचार

संविधान संशोधन मुद्दा छोडेर मन्त्रालय बार्गेनिङ्गमा मधेसवादी दल

काठमाडौं २५ फागुन :  संबिधान संशोधनको मुद्दालाई लिएर तराई–मधेसमा आन्दोलनरत दलहरु संबिधान संशोधनभन्दा मन्त्रालयको बार्गेनिङ्गमा केन्द्रीत भएका छन् । उनीहरु ०७२ असोज ३ गते नेपालको संविधान जारी हुन साथ नयाँ संबिधानमा आफ्ना मागहरु सम्वोधन नगरिएको भन्दै आन्दोलनमा उत्रिएका थिए । निर्वाचनलाई पनि आन्दोलनकै रुपमा प्रयोग गरेका बताउदै आएका ती दलहरु...

March 10th, 2018

बलात्कारमा संलग्नलाई चोख्याउन खोज्नेलाई पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एक हप्ताअघि बलात्कारमा परेकी आठ वर्षीय बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार राजधानीको ग्रिनसिटी अस्पतालमा पुगेर मन्त्री थापाले पर्सामा बलत्कारमा परेकी बालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। गृहमन्त्री थापाले बालिकाको उपचारमा संलग्न चिकित्सिकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै पनि कमी नगर्न...

March 9th, 2018

सभामुखमा महराको उम्मेद्वारी दर्ता, कांग्रेसले दिएन उम्मेद्वारी

काठमाडौं, २५ फागुन : प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उमेदवारी दर्ता गराएका छन् । महराले नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महराको प्रस्तावकमा एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रकै देव गुरुङ रहेका छन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको...

March 9th, 2018

एउटै विद्यालय पढेका भोजपुरका दुई चेलीबीच राष्ट्रपतिमा प्रतिस्पर्धा

काठमाडौं २३ फागुन : संघीय गणतन्त्र नेपालको तेश्रो राष्ट्रपति पदका लागि भोजपुरे दुई चेलीविच प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेस नेतृ कुमारी लक्ष्मी राईविच प्रतिस्पर्धा हुने भएको हो । जो, कुनैबेला दुबै भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी थिए ।   नेकपा (एमाले)...

March 7th, 2018

राष्ट्रपति बन्न खनाल–भण्डारीको रस्साकस्सी, कसलाई कसको साथ ?

काठमाडौं, २२ फागुन : आउँदो फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनका लागि दलहरुले आज उम्मेद्वार छान्दै छन् । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । तर, दलहरु अहिलेसम्म कसलाई उम्मेद्वार बनाउने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । राष्ट्रपति उम्मेद्वार छान्ने आज अन्तिम दिन भएका कारण उम्मेद्वार खडा...

March 6th, 2018

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व...

March 5th, 2018

निर्देशक राजेन्द्र खड्गी जेल चलान

 पाथिभरा च्यानल काठमाडौं । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।   जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको...

March 4th, 2018

मजदुरले ज्याला नपाएपछि मेलम्चीको काम ठप्प

काठमाण्डौं, २० फागुन : राजधानीबासीले प्यास मेट्ने गरी पानी पिउने दिन नजिकिंदै गरेको अनुमान गरिरहेका बेला वहुप्रतिक्षित मेलम्चीको काम भने ठप्प बनेको छ । चालु काम रोकिएपछि आयोजना थप पछि धकेलिएको छ । २०७५ साल वैशाखमा आयोजनाको सबै काम पूरा गरी राजधानीमा पानी ल्याइने पछिल्लो पटकको लक्ष्य पनि पूरा नहुने...

March 4th, 2018

हजारौंले बाचन गरे बुद्ध वचन, बन्ला त विश्व रेकर्ड ?

१९ फागुन, काठमाडौं । विश्व कीर्तिमान बनाउने प्रयासमा शनिबार हजारौं मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ बाचन गरेका छन् ।   कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड समेत मेत सहभागी भएका थिए । पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलका अनुसार ७५ हजार आधिकारिक पास लिएर...

March 3rd, 2018

नेत्रविक्रम चन्द ‘विप्लव’को नाममा पक्राउ पुर्जी जारी

काठमाडौं, १६ फागुन । काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का नाममा पक्राउ पुर्जी जारी भएको छ । कपिलबस्तु जिल्ला प्रहरीले विप्लवको घरमा प्रक्राउ पुर्जी जारी गरी टाँसेको छ । उनलाई भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको...

February 28th, 2018