कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

नारायणकाजीले भने, ‘भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन’

काठमाडौं, १८ साउन । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैकठलाई आज (बिहीबार) सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै...

August 3rd, 2023

धरान घटना : पेस्तोल ताकेपछि प्रतिकार गर्दा रोहितको हत्या, दुई आरोपी सार्वजनिक

विराटनगर । सुनसरीको धरानस्थित चारकोसे झाडीमा विराटनगरका युवालाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ गरिएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । विराटनगर–५ का रोहित चौधरीमाथि धनुकटाबाट फर्कने क्रममा साउन ५ गते गोली प्रहार भएको थियो । हत्यामा संलग्न भनिएका तीन जनामध्ये दुईलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।...

August 2nd, 2023

कोशीमा एक महिनामै दोस्रो पटक सरकार बनाउन उद्धव थापाको दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन्। प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट मंगलबार नै सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमसहित ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन्। साउन ११ गते सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै...

August 1st, 2023

राप्रपा कार्यालयमा तनाव : बालेनको डोजर रोक्न तेर्स्याइयो गाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गराउन काठमाडौं महानगरपालिकाले दिएको समय सीमा कटेपछि आज कामनपाले सो कार्यालय रहेको भवन भत्काउने तयारी गरेको छ । तीन दिनको समय दिएर शुक्रबारै माइकिङ गरिएको भए पनि राप्रपाले भवन खाली गराएको थिएन । कामनपाको टोली आज डोजरसहित जान लागेको हो ।...

July 31st, 2023

निर्वाचन आयोग निर्णयविरुद्ध रास्वपाका चार सांसद पुगे अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटन पुगेका छन् । चुनाव खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले १५ हजार जरिवाना भराउने निर्णय गरेपछि रास्वपाका सांसदहरू अदालत पुगेका हुन् । सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र...

July 30th, 2023

कोशीमा कामचलाउ सरकारबारे अन्योल, प्रदेश प्रमुख खापुङले पनि दिएनन् निर्णय

कोशी प्रदेशमा कामचलाउ सरकारलाई लिएर अन्योल देखिएको छ। असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको सम्पूर्ण नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिँदै नयाँ सरकार गठनका लागि आदेश दिएको थियो। प्रदेश प्रमुख परशुराम खापुङले सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको...

July 28th, 2023

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, नयाँ सरकार गठन गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको सहभागितालाई अवैधानिक ठहर गरेको छ। यससँगै सभामुखको गौतमको हस्ताक्षरमा ४७ जनाको बहुमत देखाएर मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापा पनि पदमुक्त भएका छन्। सर्वोच्चले सभामुख गौतमको हस्ताक्षरलाई पनि मान्यता दिएर थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयलाई...

July 27th, 2023

१०० किलो सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भई बरामद भएको १०० किलो सुन तस्करीको आशंकामा राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । तस्करीको १०० किलो सुन बरामद हुनु भन्दा केही समयअघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए । अडुकिया यो भन्दाअघि गोरखा विकास...

July 26th, 2023

दलबलसहित विमानस्थल निरीक्षणमा पुगे गृहमन्त्री श्रेष्ठ

बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्। नेपाल प्रहरीका आईजीपी वसन्त कुँव र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन्। उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रमासमेत पुगेर...

July 21st, 2023

कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो ‘ह्वाट् द फ्लप’ शो

कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ। गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। कार्यक्रममा शाहले जेल अनुभव सुनाउँदा यौनजन्य हिंसापीडितहरूको भावनामा ठेस पुगेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना...

July 20th, 2023