कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

भोलिदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ...

March 29th, 2021

काठमाडौंमा होली खेल्दा एसिड प्रहार, तीन जना घाइते

काठमाडौंमा होली खेल्ने क्रममा एसिड प्रहार भएको छ। सम्बन्धित व्यक्तिहरुले झुक्किएर एसिड पर्न गएकाे बताए पनि प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। काठमाडौंकाे शंकरापुर-१ मा आइतबार होली खेल्ने क्रममा दुई किशोरले एसिड प्रहार गर्दा तीन जना घाइते भएको काठमाडौं प्रहरी परिसरका डीएसपी प्रमेश बिष्टले बताए। घाइते तीन जनाको शुष्मा मेमोरियल...

March 29th, 2021

महन्थलाई प्रचण्डको प्रश्न : एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओली कहाँ धाउनुहुन्छ ?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति...

March 27th, 2021

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

पाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनि सोही अस्पतालमा...

March 27th, 2021

कोरोना जोखिम बढ्यो– राति ९ बजेपछि सबैखाले जमघट बन्द गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण बढेको भन्दै ९ बुँदे निर्णय गरेको छ । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै ९ बुँदे सुझावसहितको निर्णय पेस गरेको छ । मन्त्रालयले बिहीबार गरेका निर्णयहरु यस्ता छन् । १– भारतका सीमानाकाबाट नेपाल प्रवेश गर्ने नाकामा...

March 25th, 2021

बेपत्ता भएका दम्पत्तीको शव एक महिनापछि भेटियो

अपहरणकारीले सुतेको ओछ्यानसहित बेपत्ता बनाएका महोत्तरीको पिपराका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ।फागुन ११ गते राति पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झालाई  बेपत्ता बनाइएको थियो। उनीहरुको शव पिपरा–१ एकरैयास्थित हत्या गरेर बोरामा बाँधी खाल्टोमा खनेर गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय...

March 25th, 2021

भागरथी हत्या प्रकरण: आरोपी र मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो

१२ चैत, काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी  विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि...

March 25th, 2021

क्यान्सरपिडित कलाकार देउमान केरुङ सहयोगार्थ साँगीतिक साँझ हुने

क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ । आउँदो नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबार को दिन राष्ट्रिय नाचघर जमल काठमाडौमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीमा उक्त साँगितिक साँझ हुने भएको हो । जुनतारा सांस्कृतिक सेवा समाज को...

March 24th, 2021

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउनु नपाउने

१० चैत, काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण...

March 23rd, 2021

कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, सरकारमा पनि जाँदैन : देउवा

मोरङ, १० चैत । नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् । ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने...

March 23rd, 2021