कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

काठमाडौं उपत्यकामा २५४ सहित थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २८९ जनाको परीक्षण गर्दा ६०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र...

April 14th, 2021

भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै...

April 13th, 2021

बढ्यो खतरा : एकै दिन ५५९ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण र मृत्यु दर ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि...

April 12th, 2021

महासंघ अध्यक्षमा शर्मालाई ३ हजार ९२७ मतको अन्तरले पछाडि पार्दै पोखरेल विजयी, कसको मत कति? (सूचीसहित)

पत्रकार महासंको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल निर्वाचित भएका छन्। युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी हुन्। विजयी भएका पोख्रेलले ५९४२ मत...

April 10th, 2021

केपी ओलीको पार्टीलाई चुनावमा चौथो स्थानमा पुर्याउने दाहालको दाबी (भिडिओसहित)

काठमाडौं, २८ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् ।  पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले...

April 10th, 2021

पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार...

April 10th, 2021

पत्रकार महासंघको निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानलकाे अग्रता

काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ। महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट...

April 8th, 2021

रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह

सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार...

April 7th, 2021

बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने...

April 6th, 2021

पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने...

April 1st, 2021