कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

अमेरिकाले आक्रमण गरेको इरानद्वारा पुष्टि

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार एजेन्सीसँग भनेका छन्, ‘फोर्डो आणविक स्थलको एक भागमा हवाई आक्रमण गरिएको छ।’ इस्फहानका उप-गभर्नर अकबर सालेहीले भने, ‘नातान्ज र...

June 22nd, 2025

राजु पाण्डेमाथिको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।

June 18th, 2025

धवलशमशेर राणालाई ३ लाख धरौटीमा छोड्न आदेश

ठमाडौं जिल्ला अदालतले धवलशमशेर राणालाई ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री राणालाई छोड्न आदेश दिएको हो। गत चैत १५ को तीनकुने घटनाका अभियुक्त राणा आज (सोमबार) नै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। बकपत्र...

June 16th, 2025

गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्र : प्रचण्ड

म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राखेका छन्। म्याग्दी हुँदै मुस्ताङ जाने क्रममा आज बिहान म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको अवलोकनपछि जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गर्दै...

June 11th, 2025

सुनिता थेगिमको स्वरमा लोजिमाको पहिलो गित ‘आती केवा’ (कहाँ छौ) सार्वजनिक

(कहाँ छौ) काठमाडौं | चलचित्र बिकाश बोर्ड द्धारा आयोजना भएकोको आदिबासी तथा बिभिन्न मातृभाषी चलचित्रहरु मध्ये बाट सर्बोकृस्ट चलचित्र घोषित भएर रास्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको चलचित्र लोजिमाको सुनिता थेगिम र आशाहाङ आङबो को को स्वरमा लोजिमाको पहिलो गित आती केवा कहाँ छौ सार्वजनिक भएको छ | स्वर्गीय चन्द्र...

June 6th, 2025

१८औँ गणतन्त्र दिवसका अवसरमा प्राज्ञ अशोक कुमार राई सम्मानित

काठमाडौँ । लोकसङ्गीत अन्वेषक, सङ्गीतज्ञ तथा सङ्गीत–संयोजक प्राज्ञ अशोककुमार राई सम्मानित हुनु भएको छ । १८औँ गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राईलाई सृजनाका माध्यमबाट गणतन्त्रको स्थापना र संस्थागत विकासका लागि उल्लेखनीय योगदान दिएबापत ‘गणतन्त्र स्रष्टा सम्मान’बाट सम्मानित गरेको हो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका...

June 4th, 2025

गृहमन्त्रीसहित ओली, देउवा र प्रचण्ड छलफलमा

संसद्‍मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्। साथमा...

June 2nd, 2025

कमल थापालाई भेट्न जाँदा पक्राउ परे राप्रपाका सांसद सिंह

राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्। नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ। केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले...

June 1st, 2025

बजेटबारे माओवादी : परम्पराकै निरन्तरता, अहिले नाराहरु कम रहेछन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराकै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्। पूर्व अर्थमन्त्री समेत रहेका शर्माले बजेटले जनतामा देखिएको निरासालाई सम्बोधन गर्न नसकेको बताएका छन्। बिहीबार संघीय संसदमा प्रस्तुत भएको बजेटमा प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेटले उत्पादनमुखी अर्थतन्त्रलाई सम्बोधन नगरेको बताए...

May 29th, 2025

अध्यागमन स्तरोन्नती गरिने र अनलाईन भिसाको सुविधा दिने सरकारको घोषणा

काठमाडौं, १५ जेठ । सरकारले अध्यागमन प्रणालीको स्तरोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाईन भिसाको सुविधा उपलब्ध गराउने भएको छ । यस वर्षको आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले यो कुरा समेटेको छ । यस्तै, अनलाईन भिसाको सुविधा पनि उपलब्ध गराउने सरकारको घोषणा छ । वक्तव्यमा भनिएको छ,‘अध्यागमन प्रणालीको स्तरोन्नती...

May 29th, 2025