कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिबेशन बाट अध्यक्षमा पुरन पयाङ्गु महासचिवमा दिनेश लिङ्देन निर्वाचित

 किरात याक्थुङ् चुम्लुङ् अमेरिकाको १० औं राष्ट्रिय महाधिवेसनबाट पुरन पयाङ्गुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आइतबार न्यूयोर्कस्थीत चुम्लुङको कार्यालयमा सम्पन्न चुम्लुङको माहाधिवेशनबाट सर्वसम्मतिले पयाङ्गुको नेतृत्वमा १९ जनाको नयाँ कार्य समिति चयन गरिएको चुम्लुङ अमेरिकाका निवर्तमान अध्यक्ष दिपक थेबेले जानकारी दिए । समितिको वरिष्ठ उपाध्यक्ष सुर्य लिङ्देन,...

May 26th, 2025

लिम्बू भाषा, संस्कृति र इतिहासको अध्ययनको लागि एक करोड रुपैयाँको प्राज्ञिक कोष घोषणा

ललितपुर, लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ । ताप्लेजुङ जिल्लामा जन्मिएर हाल क्यानडामा स्थायी रुपमा बस्दै आएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले किरात याक्थुङ...

May 26th, 2025

पोखराबाट प्रधानमन्त्री ओलीको दाबी : राजतन्त्र फर्कने सपना कहिल्यै पूरा हुँदैन

पोखरा, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र इतिहास भैसकेकोले कहिल्यै नफर्कने दाबी गरेका छन् । उनले जनताले मुन्ट्याएर फालिसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरेका हुन् । एमालेनिकट युवा संघ नेपालको आजबाट सुरु भएको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्...

May 23rd, 2025

नवनियुक्त गभर्नर डा.पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एक समारोहका बीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले डा.पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा.पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो ।

May 21st, 2025

चलचित्र सुगुप किरात याकथुङ चुम्लुङ यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन

रबिन कुमार नाल्बोको लिम्बू कथानक नेपाली चलचित्र सुगुप को नायिका बबिता नेयोङ्हाङ् को उपस्थितिमा भव्यताको साथ् दुबइमा प्रदशन भएकोछ | चलचित्र सुगुप किरात याकथुङ चुम्लुङको यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन भएको हो | आयोजकले व्यवस्थित र सफलता पुर्बक सुगुप को प्रदशन गरिदिनु भएकोमा...

May 20th, 2025

कानुनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने एजेण्डाको विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा जारी कानुनमन्त्री अजयकुमार चौरासिया पनि सहभागी छन् । आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित...

May 13th, 2025

‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक

काठमाडौंँ । खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर फिल्मका एकसाथ तीन फरक फरक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा फिल्मको प्रदर्शन मिति आगामी भदौ २७ बताइएको छ । सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई...

May 12th, 2025

शिव सेना नेपालका अध्यक्ष बस्नेत वैठकस्थलबाटै पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । बस्नेत राजावादीले आयोजना गरेको तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए...

May 11th, 2025

पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ। गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको...

May 7th, 2025

त्रियुगा नदीले जन्ती बस बगायो

उदयपुर । उदयपुरमा जन्ती पुर्‍याएर फर्किएको बसलाई त्रियुगा नदीको बाढीले बगाएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीसहितको लेदोमा बस भासिएको चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले जानकारी दिइन्। ‘जन्ति पुर्‍याएर फर्किएको बस बाढीले लेदो थुपारेको ठाउँमा भासिएछ,’ उनले भनिन्, ‘बसमा क्षति पुगेको छ अरु क्षति केही छैन।’ सोमबार राति...

May 6th, 2025