कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

दिपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ भब्यताको साथ् आयोजना हुदै

काठमाडौं। नेपाली संगीतको आकाशमा छुट्टै पहिचान बनाएका गायक दीपक लिम्बूले आफ्नो पहिलो स्वर्णीम सांगीतिक साँझ गर्न लागेका छन्। आगामी भदौ १७ गते, विशेष अवसरमा — उनको जन्मदिन र नेपाली तारा विजेता बनेको २० औं वर्षगाँठ पारेर — काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ५ बजेदेखि भव्य सांगीतिक कार्यक्रम आयोजना...

April 30th, 2025

रेशम चौधरी रिहा हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केहीबेरमा रिहा हुने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताए ।...

April 30th, 2025

राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड- २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

काठमाण्डौ, १४ बैशाखओप्सना फिल्म्स प्रा. लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड- २०८२ प्रदान गर्ने जनाए को छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, टेलिसियल , भाषा भाषीका गीत, राष्ट्रिय गीत, लोक गीत, डेउडा गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा...

April 29th, 2025

सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा

सिंहदरबारभित्रै प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए। पर्चासहित चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले आइतबार लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र...

April 20th, 2025

बैशाख १३ गते लोजिमा को भव्यताका साथ् धरान प्रिमियर हुदै

काठमाडौं | चलचित्र बिकाश बोर्ड द्धारा आयोजना भएको २०८० को आदिबासी तथा बिभिन्न मातृभाषी चलचित्रहरु मध्ये बाट सर्बोकृस्ट चलचित्र घोषित भएर रास्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको चलचित्र लोजिमा यही बैशाख १३ गते शनिबार १० : ३० मा फ्रेन्डस सिनेमा बराह मालमा भव्यताका साथ् धरान प्रिमियर हुदैछ | नायिका पबी...

April 15th, 2025

दाहालले दोहोर्याए : ओली सरकारको आयु लामो छैन

बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गरेका छन् । उनले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याएका हुन् । यसअघि काठमाडौंमै पत्रकार जगदिश खरेलसँगको टिभी अन्तर्वार्तामा र चैत्र ३१ गते चितवनमा प्रधानमन्त्री...

April 15th, 2025

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आज आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि थुनामा पठाउने आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको हो। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा...

April 13th, 2025

वीरगञ्जमा कर्फ्यू आदेश, भोलि दिउँसो १२ बजेसम्म हिँडडुल गर्न निषेध

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यू आदेश भएको हो। वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यू आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व...

April 12th, 2025

एल.वी नेम्वाङकाे निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा?’भब्य कार्याक्रम सहित विमाेचन

निबन्धकार याेगी एल.वी. नेम्वाङकाे याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ काे विमाेचन भएको छ । गत मङ्गलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पान्थरकाे आयोजनामा पान्थरकाे राँकेमा गणतन्त्र नेपालका पहिलो कुलपति मुन्धुमविद वैरागी काइँलाले कृतिकाे विमाेचन गरेका थिए । फाल्गुनन्द गाउँपालिकामातहत रहेको प्रतिष्ठानले आयोजना गरेको साहित्य महाेत्सवकाे अवसरमा निबन्ध...

April 11th, 2025

यक्सो समाज काठमाडौं उपत्यकाको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

यक्सो समाज काठमाडौं उपत्यकाद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम २०८१ साल चैत्र २३ गते, शनिबार, ललितपुरस्थित गोदावरी पञ्चदेवल पिकनिक स्थलमा विविध मिष्ठान्न परिकारका साथ सांगीतिक तथा रमाइलो वातावरणबीच भव्य र सभ्य रूपमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका सचिव श्री दिल बहादुर यक्सोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु...

April 8th, 2025