कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

भरतपुर घटनामा एमालेको अडान कायम, संसद चल्न नदिने….

काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले भरतपुरको मतगणनाको माग गरेर कायम राखेको संसद अबरोधको कार्यक्रम यथावत रहेन जनाएको छ । संसदको आजको बैठक पनि अबरोध गर्ने कार्यक्रम रहेको एमालेका मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए । ‘संसद खोल्ने विषयमा अहिलेसम्म परामर्श गरेको जानकारी आएको छैन’, उनले...

June 1st, 2017

‘क्लिन द सिटी’ अभियान सुरु, काठमाडौंका मेयर र उपमेयरले लगाए झाडू…

१८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।   न्यूरो अस्पताल बासबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले...

June 1st, 2017

उत्तर कोरियाको विरोध गर्ने अमेरिका आफैंले गर्‍यो मिसाइल परीक्षण…

एजेन्सी : उत्तर कोरियालाको मिसाइल परीक्षणको कडा विरोध गरिरहेको अमेरिकाले आफैं एक परमाणु मिसाइलको परीक्षण गरेको छ । अमेरिकाले इन्टर सेप्टर मिसाइल सिस्टम नाम दिइएको एक अन्तर महादेशीय व्यालेष्टिक मिसाइलको परीक्षण गरेको हो । अमेरिकाले उत्तर कोरियाको आक्रमणबाट आफ्नो रक्षा गर्नका लागि मिसाइल परीक्षण गरेको दावी गरेको छ ।...

May 31st, 2017

काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ…

१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर, उपमेयरसहित सबै स्थानीय प्रतिनिधिले बुधबार सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित बिशेष समारोहमा काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले काठमाडौंका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराए । समारोहमा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित १५९ जना स्थानीय...

May 31st, 2017

संसदमा एमालेको कडा चेतावनीः भरतपुरमा मतगणना नगरे आफै विजयी घोषणा गर्छौं, देशभर चुनाव हुन्न…

  काठमाडौँ, १७ जेठ । नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘हाम्रो मेयरका उम्मेदवार देवी ज्ञवालीले...

May 31st, 2017

मन्त्रीपरिषद् वैठकको निर्णय : दोस्रो चरणको चुनाव अव असार १४ गते…

जेठ १७, काठमाडौं – असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९...

May 31st, 2017

दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते !

काठमाडौं : दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ। मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय गर्न सक्ने ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो। ‘असार ९ गते मुस्लिम समुदायको रमझान पर्व पर्ने भएकाले उहाँहरुबाट चुनावको मिति सार्न दबाब आएको छ’, ऊर्जामन्त्री...

May 30th, 2017

यी हुन् भोजपुरले चार दिनमा गुमाएका दुई प्रतिभा…

  भोजपुर। एकै साथमा भोजपुरले दुई होनाहार प्रतिभालाई गुमाएको छ । शनिबार गोमा एयरको विमान दुघर्टना हुदा भोजपुरका प्रतिभा पारसकुमार राईको निधन भएको चार दिन नबित्दै अर्का पाइलट कैलाश गुरुङको निधन भएको छ । मंगलबार कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा दुर्घटना हुदा पाइलट महासेनानी कैलाश...

May 30th, 2017

मतदाता शिक्षाको कमीले बढी मत बदर….

हेटौँडा: स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मकवानपुरमा धेरै मत बदर भएको पाइएको छ । मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका प्रतिनिधिले प्रभावकारी ढङ्गबाट जानकारी नगराउँदा बदर मत बढेको पाइएको हो । मतदाताको घरदैलोमा पुगेर शिक्षा दिनुपर्ने स्वयम्सेविकाले पोष्टर टाँस्ने काम मात्रै गरेको मतदाताको भनाइ छ।   यसले...

May 30th, 2017

पाथीभरामा नब्बे क्विन्टल सिक्का, बैंकले लिन नमानेपछि समस्यामा…

फुङलिङ । ताप्लेजुङ जिल्लास्थित पाथीभराको मन्दिरमा ९० क्विन्टलभन्दा बढी सिक्का रहेको खुलासा भएको छ । श्रद्धालु भक्तजनले दिनहुँ सिक्का चढाउँदै जाने तर, त्यसको उचित व्यवस्थापन नहुँदा समस्या भएको छ । बैंकसँग सहकार्य नगर्दा सिक्का गोदाममा राख्नुपर्ने बाध्यता छ । संकलित सिक्का आधा बोरामा राखिए पनि अरू भुइँमै छरिएर रहेको...

May 30th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent