कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

ललिता निवास प्रकरण : नेपाल र भट्टराईलाई मुद्दा नचलाएकोमा सर्वोच्चले सरकारलाई सोध्यो कारण

काठमाडौँ — ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध मुद्दा किन नचलाएको भन्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माको रिट निवेदनमाथिको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश...

September 26th, 2023

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो। योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै...

September 25th, 2023

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ। संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...

September 22nd, 2023

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक,

इटहरी । नेपाली कथानक चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको छ । सेन्सर बोर्डसँगको लामो विवाद पछि चलचित्रले ‘यू’ सर्टिपिकेट पाए सँगै ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक भएको हो । चलचित्रमा समावेश केही डाइलग बिवादित भएको भन्दै सेन्सर बोर्डले उक्त डाइलोग हटाउन निर्देशन दिएको थियो। निर्माण युनिटले उक्त डाइलग...

September 18th, 2023

पशुपतिनाथ दर्शनका लागि विगतभन्दा यस वर्ष बढि व्यवस्थित

काठमाडौँ, १ असोज । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने  भएको छ । विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको...

September 18th, 2023

पशुपतिनाथ दर्शनका लागि विगतभन्दा यस वर्ष बढि व्यवस्थित

काठमाडौँ, १ असोज । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने  भएको छ । विगतका वर्षभन्दा यस वर्ष बढी व्यवस्थित भएकाले भक्तजनहरुले छिट्टै दर्शन गरेर फर्किनसक्ने अवस्था रहेको...

September 18th, 2023

चिकित्सकको आन्दोलनले देशभर उपचार सेवा ठप्प, सरकार भन्छ–वार्ताको पहल हुँदैछ

काठमाडौँ । देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन थालेको नेपाल चिकित्सक सङ्घसँग सरकारले वार्ता प्रक्रिया अगाडि बढाएको छ । समस्याको समाधान छलफलबाट गर्ने प्रयास भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्ताका लागि मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति...

September 17th, 2023

प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ्प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बिहीबार पशुपति अर्यघाट पुगेर उनले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर र पुष्प गुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका...

September 14th, 2023

सुवास नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

September 12th, 2023

प्रधानमन्त्री दाहालद्वारा सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा अध्यक्ष एवम् एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय राखिएको छ । प्रधानमन्त्री दाहाल एमाले मुख्यालय च्यासलमा पुगेर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेम्वाङको शव आज दिनभर...

September 12th, 2023