कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

पार्टीको जिम्मेवारीमा फर्किए लामिछाने, सरकारको औचित्यता समाप्त भइसकेको दाबी

काठमाडौं, १८ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीमा फर्किएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी आज केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा...

March 31st, 2025

दुर्गा प्रसाईँको भिडिओ सन्देशः प्रहरीले मलाई खोज्नु पर्दैन, म काठमाडौंमै सुरक्षित बसेको छु

काठमाडौं, १७ चैत । गत शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँले आफू काठमाडौंमै रहेको दाबीसहित भिडिओ सन्देश सार्वजनिक गरेका छन् । उनले आफू काठमाडौंको कुनै मन्दिरमा रहेको र सुरक्षित बसिरहेको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जहाँ भेट्यो त्यही गोली ठोक्नु भन्ने आदेश सुरक्षाकर्मीहरुलाई दिएको...

March 30th, 2025

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका...

March 28th, 2025

उग्र प्रदर्शनकारीले तीनकुनेमा जलाए घर

राजावादी प्रदर्शनकारीले काठमाडौँको तीनकुनेमा रहेका व्यावसायिक घरमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। राजसंस्था पक्षधरको लागि तोकिएको तीनकुनेको मञ्चतिर नगई सडकमा प्रहरीसँग भीडन्तमा उत्रिएका प्रदर्शनकारी उग्र भएका हुन्। नेपालखबरकर्मी सौगात दाहालले घटनास्थलबाट दिएको जानकारीअनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ। यस्तै, प्रदर्शनकारीले प्रहरी बिट तोडफोड गरेका छन्। उनीहरूले प्रहरीमाथि...

March 28th, 2025

समाजवादी मोर्चाको विशाल सभा भृकुटीमण्डमा जारी

काठमाडौँको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले आयोजना गरेको बृहत् सभा अहिले जारी छ। सभामा विभिन्न राजनीतिक दलका नेताले सम्बोधन गर्दैछन्। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधामन्त्री माधव नेपाल, नेसपाका अध्यक्ष महीन्द्र राय यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताले सभामा सम्बोध गर्ने कार्यक्रम...

March 28th, 2025

मुक्कुम्लुङको आन्दोलनमा जनयुद्धको सम्झना

“जहाँ अन्याय हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ” नेल्सन मण्डेला | फागुनको सात गते पान्थरबाट मुक्कुम्लुङ् पदयात्रा सुरु भयो । पदयात्रा भनिए तापनि नाम्जाःङ्गे (तल्लो फेदी) सम्म गाडीबाट यात्रा भयो । पदयात्राको एउटै उद्देश्य थियो— मुक्कुम्लुङ् क्षेत्रमा भइरहेको अन्यायको प्रतिरोध अथवा केबलकार खारेजी । पान्थरबाट बाटो लाग्दा म र भाषाशास्त्री...

March 23rd, 2025

पाथीभरा केबलकार विवादः सरकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं, १ चैत । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षहरुालार्य वार्ताका लागि आह्वान गरेको छ । यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएपनि सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो । गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष...

March 14th, 2025

यो दुई तिहाई सरकारको घोडा प्रधानमन्त्रीले होईन विचौलियाले दौडाएका छन् : प्रचण्ड

काठमाडौं, २७ फागुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको कांग्रेस र एमालेको दुई तिहाईको बहुमतको घोडा प्रधानमन्त्रीले नभएर विचौलियले दौडाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘तपाईंहरुले गर्ने निर्णय, नियुक्ती र सेटिङ तपाईंहरुले गरेको मैले देखिँदनँ ।...

March 11th, 2025

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङ्गेको सजाय छुट

काठमाडौं, २३ फागुन । जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) को २० प्रतिशत सजाय छुट दिने आदेश गरेको छ । साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा माग गर्दै मानाङ्गेले निवेदन दिएका थिए ।...

March 7th, 2025

काठमाडौं आइपुग्यो आप्रवासी नेपाली बोकेको अमेरिकी चार्टर जहाज

काठमाडौं, फागुन २१ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं आइपुगेको छ। अध्यागमन कानुन उल्लङ्घन गर्ने आठ जना नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजले १४ जना नेपाली बोकेर नेपालमा...

March 5th, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |