कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि १९ सम्म चलचित्र बिकाश बोर्डमा

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७ गतेदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा तीन दिनसम्म महोत्सव हुने भएको हो । बोर्डको हलमा हुने महोत्सवमा लिम्बु, नेवारी, गुरुङ,...

May 29th, 2026

रास्वपा सभापति रवि लामिछाने भारत जाँदै

काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमै छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।भारत सरकारको औपचारिक निमन्त्रणामा नै उनको यो भ्रमणको कार्यतालिका तय भएको रास्वपा उच्च स्रोतले पुष्टि गरेको छ। नयाँ राजनीतिक समीकरण र आम निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा...

May 24th, 2026

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित

चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्। गए राति सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार कुल १५९ मत खसेकोमा प्रधानले १०९ मत ल्याउँदै जित निकाले। प्रतिस्पर्धी जनकदीप पराजुलीले ४६ मत पाप्त गरे। पराजुली निर्देशक समाजका निवर्तमान अध्यक्ष हुन्।  दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भएका छन्। त्यसैगरि, महासचिवमा समुन्द्र...

May 20th, 2026

प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ।  सोमबार प्रतिनिधिसभा सुरु हुनासाथ प्ले कार्डसहित श्रम संस्कृति पार्टीले सभामुखको अगाडि गएर विरोध गरेको हो।  श्रम संस्कृति पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन्।  श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह...

May 18th, 2026

५६ वर्षको उमेरमा ३२ औँ पटक सगरमाथा टेकेर आफ्नै विश्व कीर्तिमान आफैँले तोडे

काठमाडौँः ‘एभरेष्ट म्यान’ का रूपमा विश्वभर परिचित प्रख्यात नेपाली पर्वतारोही कामी रीता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२ औँ पटक सफल आरोहण गरेर नयाँ इतिहास रचेका छन्। ५६ वर्षीय शेर्पाले आइतबार (३ जेठ २०८३ / १७ मे २०२६) बिहान १०:१२ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। यससँगै उनले इतिहासमै सबैभन्दा...

May 17th, 2026

राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, कांग्रेसले गर्यो बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको...

May 11th, 2026

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गरेका छन्। यसअघि बिहीबार र शुक्रबार गरी तीन अध्यादेश जारी गरेका थिए।  शनिबार स्वास्थ्य विज्ञान प्रतिष्‍ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका...

May 2nd, 2026

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिए कलाकर्मी,

चलचित्रकर्मीले अभिव्यक्ति र कलाको स्वतन्त्रताको पक्षमा बुधबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। पाटन उच्च, अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मी स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका हुन्। प्रदर्शनमा कलाकार, निर्देशक र संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो। अभिनेत्री स्वस्तिमा खड्का, कलाकारहरू खगेन्द्र लामिछाने, रविन्द्रसिंह बानियाँ, निर्देशकहरू मनोज पण्डित, अशोक...

April 29th, 2026

बिवश नेम्वाङ र कबिता आङबुहाङ काे पालाम सेताम्मै बगरको भिडियो सार्वजनिक

पाथिभरा च्यानल : कलाकार तथा पालाम गायीका कविता आङबुहाङकाे लय संकलन र लक्ष्मी नामलाक्पाकाे शब्द संकलन रहेकाे पालाम सेताम्मै बगर अफिसियल म्युजिक भिडियो मुकुम्लुङ अनलाइन च्यानल बाट सार्वजनिकभएकोछ । उक्त पालाममा चर्चित गायक बिवश नेम्वाङ र कविता आङबुहङकाे स्वर रहेकाेछ । भिडियोमा कलाकारहरु कबिता आङ्बुहङ बिवश नेम्बाङ सेरहाङ यक्साे...

April 18th, 2026

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छिन् ।यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको...

April 13th, 2026
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |