‘रामकहानी’को गीतमा यस्तो देखियो पूजा र आकाशको केमिस्ट्री

 आफ्नो जन्मदिन पारेर अभिनेत्री पूजा शर्माको जन्मदिन पारेर उनले आफ्नो आगामी फिल्म ‘रामकहानी’को पहिलो गीत सार्वजनिक गरेकी छन्।

फिल्मको ‘तिम्रो लागि म छु…’ बोलको गीतमा उनले राजधानीमा एक कार्यक्रम गर्दे सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतमा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राईको नृत्य देख्न सकिन्छ । फिल्मका निर्दशक सुदर्शन थापा हुन्।

सार्वजनिक गीतमा अर्जुन पोखरेल शब्द/संगीत रहेको छ। गीतमा अन्जु पन्त र सुगम पोखरेलको युगल स्वर छ ।

गीतका कोरियोग्राफर भने कविराज गहतराज हुन् । गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ति सन्तपुरमा छायाँकन गरिएको हो ।

फिल्मलाई पूजा र निर्देशक सुदर्शनले संयूक्त रूपमा निर्माण गरेका हुन्। फिल्ममा रविन्द्र झा, राजाराम पौडेल, शिशिर राणा, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर, शोभित बस्नेत आदि कलाकारको पनि अभिनय छ । फिल्म भदौ २२ मा रिलिज हुनेछ।

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार