पाथिभरा च्यानल मलेशियामा नेपाली चलचित्र रेशको भव्यताका साथ प्रदशन गरेर फर्केको हप्तादिनमा नै हालका व्यस्त निर्देशक किशोर सुब्बाको अगुवाइमा उहाकै निर्देशनमा
बन्न लागेको चलचित्र घुइत्रो को एक कार्यक्रम बिच शिर्ष गीतको रेकर्डिङ भएको छ |घुयत्रोले हान्यो गोठालो दाईले बोलको गीतमा हालको चर्चित गायिका मेलिना राई र शुसन साम्सोहाङ आवाज रहेको उक्त
गीतको संगीत बिकाश चौधरी ले गरेका हुन् | बिकाश अहिलेका लोकप्रिय चलचित्र संगीतकारहरु मध्ये एक हुन् | शब्द दिलसिंह मेयाँङबोको रहेको छ |
साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड भएको उक्त गीत हरेक दृष्टिकोणले उत्कृट भएकोले गीत चर्चित हुनेमा गायिका मेलिना राई गायक शुसन शाम्सोहाङ संगीतकार
बिकाश चौधरी र निर्देशक किशोर सुब्बा आशावादी रहनु भएको छ | फरक बिषय बस्तु र टिपिकल्ली नेपाली शब्द रहेको चलचित्र घुइयत्रो को अन्य गीतहरु पनि
पनि चाडै रेकर्ड हुने कुरा निर्देशक किशोर सुब्बाले बताउनु भयो