तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा, गायक संगम लिम्बु ( भिडियो सहित )

 पाथिभरा च्यानल  -हामी क्रियशन रेकर्डिङ स्टुडियो ठमेल पुग्दा गायक संगम लिम्बु गीतार साथमा लिएर धुरुधुरु रुदै हालमा बजारमा आइरहेको भन्दा फरक तरिकाको
गीत आइरहेको थिए | गीतको बोल थियो तिमि करोडमा शानु मत रोडमा किन भेट हुन्छ शानु हरेक मोडमा जो कोहिले पनि उक्त गीत सुन्दा फरक महशुस
हुनु स्वाभाविक थियो किनकी संगम लिम्बुको गाउदै गरेको उक्त गीतमा केहि नयाँ प्रयोग रहेको थियो | गीतको शब्द संगीत र स्वरको त्रिबेणी संगम लिम्बु


कै थियो | हामि लाई केहीपछि थाहा भयो | तिमि करोडमा मत रोडमा गीतको म्युजिक भिडियोको छायांकन धमाधम भइरहेको रहेछ | संगम लिम्बु र बिरेन्द्र
भाटको संयुक्त निर्देशन रहेको उक्त गीतको मोडलको रुपमा शान्ति लिम्बु रहेकी छिन | छायांकन बिरेन्द्र भाट कै रहेको छ | अहिलेको नयाँ पुस्ता लाई
तार्केट बनाएर पप शैलीको उक्त गीत निर्माण गरेको कुरा गायक संगम लिम्बुले बताउनु भयो | जन जिब्रोमा सजिलै झुन्डिने गीत तिमि करोडमा मत रोडमा
हामीलाई पनि मन परिसकेको थियो | त्यसैले संगम को उक्त लोकप्रिय गीत गाउदै क्रियशन रेकर्डिङ स्टुडियो ठमेल वाट हामि पनि फर्कियौ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार