बैशाखमा २३ गते चलचित्र ‘केःसाङ्ला’को काठमाडौंमा विशेष प्रदशन हुने

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’आगामी बैशाखमा २३ गते काठमाडौंमा विशेष प्रदशनी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक गर्दै सो जानकारी गराइएको हो । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष प्रदशनी गरिने छ | उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ । फियाक केही समययता दुवै मिगौला रोगबाट पीडित रहेका छन् ।


चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाले ‘केःसाङला’ निर्माण टिम लाई आफ्नो गाउँ घरको रमणीयस्थलहरुमा छायांकन गरेकोमा धन्यवाद दिए । उनले भने, ‘एउटा आदिवासी फिल्म बनाउन र प्रदर्शन गर्नु आफैमा गाह्रो काम हो । तैमाथि त्यस फिल्मबाट रकम उठाएर सामाजिक सेवा गर्नु सह्रानीय कार्य हो ।’
कार्यक्रममा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी चलचित्रनिर्माण र प्रदशन गर्नु चुनौती रहेको बताए । अन्य चलचित्र निर्माण गर्न विदेश रोजिन्छ जनजातिको चलचित्र निर्माण गर्दा आफ्नै गाउँ घर खोजिन्छ भन्दै उहाले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए |
लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।


चलचित्रको निर्देशक लोकेन साँवाले लिम्बु भाषा संस्कृति संरक्षण र उत्थानको लागि नै आफुले ‘केःसाङ्ला’को निर्देशन गरेको बताए साथै हङकङ कोरिया
लगायत विभिन्न ठाउमा प्रदशन पछी दर्शकहरुले दिएको सकारात्मक प्रतिक्रियाले आफु उत्साहित भएको कुरा कार्यक्रममा बताउनुभयो |
चलचित्रमा मुख्य कलाकारहरू भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ लिम्बू, विशाल सेनेहाङ लिम्बू, यामनिङ्वा योङ्हाङ लिम्बू, मेनुका साउदेन लिम्बू, महिमा लिम्बू, कुमार सुब्बा लुम्फुङ्वा, दिनेश माङ्मु गगा तुम्बाहाङ्फे लिम्बू आदि छन् ।

भूपेन्द्र तुम्बाहाङ्फेको छायाङ्कन, बिपिन मल्लको मुख्य सम्पादन, रामप्रसाद चौधरी र बुद थापा मगरको साहायक सम्पादन, यासेली योङ्हाङ लिम्बू, लोकेन साम्बा, हर्क बहादुर योङहाङ लिम्बू गीत रचना, अशोक लोहोरुङ राईको संगीत, श्रेयशी चेम्जोङ मनु नेम्बाङ असली वनेम यासेली योङहाङ निर्मल सुब्बा आशिष लक्ष्मी योङहाङ भिम तुम्बाहाङ्फे देशु सुहाङको स्वर रहेको चलचित्रलाई देबेन्द्र खापुङ सुर्केलीले पटकथा तयार पारेका हुन् ।

भाषा सम्पादन सागर केरुङ, डीबी आङ्बुङले गरेका हुन् भने फिपरानी तुम्बाहाङ्फे, बिष्णु कुमार पन्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जय तुम्बाहाङ्फेले चलचित्र निर्माण गरेका हुन् । कार्यक्रमको सभापति केःसाङला प्रदर्शन समितिको अध्यक्ष सनमान थलङले गरेका थिए

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार