अमेरिकामा कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो (कुन देशमा कति सुचीसहित)

एजेन्सी, ६ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या ७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा कुल ७ लाख ९ हजार जना संक्रमित भइसकेका छन् । मृतकको संख्या ३७ हजार पुगेको छ । संक्रमण र मृत्युको संख्या विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी हो । अमेरिकामा मृतकको संख्या ह्वात्तै बढिरहेको छ ।

अमेरिकामा संक्रमितको संख्या बढेपनि राष्ट्रपति डोनाल्ड ट्रम्प लकडाउन खुकुलो पाने पक्षमा उभिएका छन् । यसले त्यहाँ विवाद बढाएको छ ।
देश       संक्रमित
अमेरिका ७०९७३५
स्पेन १९०८३९
इटाली १७२४३४
फ्रान्स १४७९६९
जर्मनी १४१३९७
बेलायत १०८६९२
चीन ८२७१९
इरान ७९४९४
टर्की ७८५४६
बेल्जियम ३६१३८
ब्राजिल ३३६८२
रुस ३२००८
भारत १४३४२
नेपाल ३०
स्रोतः वोल्डोमिटर

न्युज २४ नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार