
काठमाडौं, २८ साउन । चर्चित गायक राजेश पायल राईद्वारा स्वरवद्ध लिम्बूगीतको म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।
चर्चित गायक स्व. खेमराज गुरुङको रचना र संगीतमा रहेको गीतलाई यासेली योङहाङले अनुवाद गरेका हुन् । जसलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।
भिडियोमा मनि चाम्लिङ, निशा पोमु र मदन दुमी राईले अभिनय गरेका छन् । त्यसैगरी गरिमा डान्स सेन्टर धरानको नृत्य तथा सिल्भर इन्टरटेन्मेन्टबाट व्यवस्थापन भएको थियो ।
भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, निशान घिमिरेको सम्पादन र लोकेन साम्बाको निर्देशनमा भिडियो तयार भएको हो । यस गीतलाई लोकेनले निर्माणसमेत गरेका हुन् ।
आसेवारो एल्बममा समावेश भएको भिडियोलाई राजेश पायल राईको च्यानल दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.लि.बाट सार्वजनिक भएको हो । साथै भिडियो खेमराज गुरुङको पुण्यतिथिमा सार्वजनिक गरिएको हो ।
नयाँ अनलाइन बाट
भिडियो हेर्नुहोस् !



