यूएईमा श्रीमानले लिए श्रीमतीको ज्यान

दोहा- संयुक्त अरब एमिरेट्स (यूएई) मा श्रीमानले श्रीमतीको ज्या’न लिएका छन् । लामो समयदेखि यूएईमा कार्यरत चितवनकी गौंमाया मगर तामाङको श्रीमानले ज्यान लिएका हुन् ।

गत सेप्टेम्बर २५ तारिखमा श्रीमान चन्द्र लिम्बूले दुबईमा भेट्न बोलाएकी श्रीमतीसँग वि ‘वाद हुँदा छु ‘रा प्र’हार गरी ज्यान लिएको प्रहरीले जनाएको छ । तामाङको शव पोष्टमार्टमका लागि दुबई अल रसिदिया अस्पतालमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईका उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।

लिम्बूलाई दुबई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । तामाङको शव नेपाल पठाउन आर्थिक अभावले नसकिएकाले आवश्यक सहयोगका लागि दुबईमै रहेकी मृतककी दिदीले एनआरएनसँग अनुरोध गरेकी छन् । ४ दिनभित्र शव बुझ्न दुबई प्रहरीले आफन्तलाई भनेपछि उनीहरूले यूएईस्थित नेपाली दूतावासलाई पनि अनुरोध गरेको शेर्पाले बताए ।

उनी एक भारतीयको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् । श्रीमानले शुक्रबारको दिन बर दुवईमा बोलापछि उनी खुसी हुँदै भेट्न् गएकि थिइन् । यसअघि पनि सामान्य वा’दवि’वाद चलिहेकै थियो ।

मृतककी छोरी दीपाले प्रदेशको ठाउँमा मलाई यहाँको कानुनी प्रक्रिया बारेमा केही पनि जानकारी छैन जसरी हुन्छ मेरो सानी आमाको शव लाई नेपाल पठाउन आवश्यक सहयोग पहल गरिदिनको लागि युएई लागि नेपाली राज दूतावास लगायत गैरआवासीय नेपाली संघ (एनआरएनए) त्रिशुली समाज युएई, नेपाली समाज युएई लगायत विभिन्न क्रियाशील संस्थाहरुलाई गुहारेकी छिन्।

नेपाल श्रम तथा रोजगार मन्त्रालयका अनुसार खाडी मुलुकमा घरेलु कामदारको लागि श्रम स्वीकृति हाल अनुमति दिएको छैन। उनी भिजिट भिसा मार्फत युएई पुगेकि र दलालमार्फत एक भारतीयको घरमा काम गर्दै यसबीचमा चन्द्र लिम्बूसँग भेट भएपछि केही समय पश्चात एक आपसि सहमतिमा मन्दिरमा गएर विवाह समेत गरेको बताएको छ। यद्यपि नेपालको प्रचलित कानुन अनुसार कुनैपनि कागजपत्र विवाह दर्ता भने नरहेको बुझिएको छ ।

झापा जिल्ला घर बताउँदै आएका चन्द्र लिम्बू दुबईको एक कम्पनीमा सेक्यूरिटी गार्डमा काम गर्दै आएका थिए । घरमा छोरा एक छोरी समेत रहेको हल पहिलो श्रीमतीलाई छोडपत्र गराएको नेपालको कानुन अनुसार बुडाले बुडिलाइ छोड्पत्र गर्दा छोराछोरीको पालनपोषणका लागि सम्पूर्ण खर्च श्रीमानले बेहोर्नु पर्ने प्रावधान रहेको छ ।

ताजा खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent