भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइयाे

एजेन्सी, २४ असाेज । भारतको राजस्थानमा एक पुजारीलाई जिउँदै जलाइएकाे छ । जलाइएका ती पुजारीकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजस्थानमा पर्ने करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा उक्त घटना भएकाे हाे । स्थानीयबीच जमिनबारे विवाद उत्पन्न भएपछि पुजारी बाबुलाल वैष्णवको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको थियाे । गम्भीर घाइते भएका पुजारीको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको बिबिसी हिन्दीले जनाएकाे छ ।

उक्त घटनामा संलग्न रहेकाे भन्दै पाँच जनाविरुद्ध  अभियाेग लगाइएकाे छ । तीमध्ये मुख्य अभियुक्त कैला मिणालाई करौली प्रहरीले पक्राउ गरिसकेकाे बताइएकाे छ । अन्य अभियुक्तहरूको पनि खोजी भइरहेको प्रहरीकाे भनाइ छ । जग्गाबारेकाे उक्त विवाद अचानक भएको प्रहरीको दाबी छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent