कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन रहेको ‘जिन्दगी हो खेल जस्तै’को भिडियो सार्वजनिक

सङ्गीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्र^ याप’ मा पारिएको कथामा आधारित म्युजिक भिडिओ ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ l लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको शव्दरचना, प्रसिद्ध सर्जक राजकुमार ब^ गरको सङ्गीत र कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतमा चर्चित गायन रियालिटी शो The Voice of Nepal Season 5 का विजेता विनोद राईले स्वर दिएका छन् l भिडिओ dA Creations युट्युब च्यानलबाट आइतबार डिजिटल बजारमा आएको हो l फरक विषयबस्तु र गुणस्तरीय गीतका कारण छोटो समयमै चर्चामा आएका गीतकार दीपेन्द्र अधिकारीका यसअघि मनमोहक पोखरा, चुलबुल चुलबुल (मामा भाञ्जीको गीत), नेपालकी छोरी, जनताको म र्म, जीवनको रेल र फर्किन्छु यसपाली (दसैं-तिहार) शीर्षकका गीत सार्वजनिक भएका छन् l

‘जिन्दगी हो खेल जस्तै’ को भिडिओ प्रसिद्ध छायाकार, सम्पादक एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रङ्ग सम्पादनमा तयार भएको हो l जसमा अजय रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स रहेको छ l भिडिओमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्य^ न्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गरेका छन् भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ l भिडिओ रिलिज भएपछि युट्युवका धेरै दर्शकले क्रिकेटर सन्दिप लामिछानेको कथा जस्तै भएको प्रतिक्रिया दिएका छन् l

ईम्युजिकडायरीले राखेको जिज्ञाशाको जवाफ दिँदै भिडिओका कथाकार एवं निर्देशक वीरेन्द्र भाट ‘विपिन’ ले यो सन्जिब लामिछानेको कथा नभएको स्पष्ट पारेका छन् l उनी भन्छन्-‘यो एउटा सचेतनामूलक एवं सन्देशमूलक भिडिओ हो l यसमा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित पुरुषहरु बेला बेलामा ‘हनी ट्र^ याप’ मा पर्ने गरेको र त्यस्ता घटनाबाट देशले नै ठूलो अपेक्षा गरेको व्यक्तिको जिन्दगी कसरी भताभु^ ङ्ग हुन्छ भन्ने कुरा देखाउन खोजिएको हो l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l म्युजिक डायरी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent