कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किम सार्वजनिक भएको २४ घण्टाभित्रै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

काठमाडौं, २१ बैसाख । मृत्युको हल्लाबीच उत्तर कोरियाली शासक किम जोङ
उन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ ।

२० दिनपछि किम सार्वजनिक भएको २४ घण्टा नबित्दै दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।

शुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै गोली हानिएपछि जवाफमा आफूले गोली चलाएको दक्षिण कोरियाली सेनाले जनाएको छ । घटनामा कुनै हताहति वा क्षति नभएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो पाँच वर्षयता पहिलोपल्ट उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सिधै गोली चलाएको पनि बीबीसीले उल्लेख छ ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार