
कलाकार रुद्र पाहिम चलचित्र निर्माण, युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका छन् ।
तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा आएका रुद्रले २ वर्ष अगाडि रेकर्ड भएको गीत ‘भगवान रैछन् पूर्खाहरु…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
राजेश पायल राईद्वारा स्वरवद्ध गीत कौशिला राई पाहिमले रचना गरेका हुन् । रोशन वान्तवाको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा रुद्र पाहिम, कौशिला राई पाहिम, योङकोङ पाहिम, नाङ्जम पाहिम, अर्चना राईले अभिनय गरेका छन् । त्यसैगरी परिवारका बुबाआमा, दाजु तथा सासुससुरालाई पनि भिडियोमा देखाएर पूर्खाहरुको सम्मान गर्नुपर्ने भाव देखाएका छन् ।
रुमन थापाको छायांकन/सम्पादन, रुपा मानन्धर र ममता राईको श्रृङ्गार, र प्रदिप थापाको निर्देशनमा भिडियो तयार भएको हो ।
को हुन् रुद्र पाहिम ?
तेह्रथुमको जिल्लाको साविक खाम्लालुङ ६, हालको आठराई गाउँपालिकाका रुद्र होम बहादुर लिम्बू र देउमाया लिम्बूका साइला छोरा हुन् उनले आफू बुझ्ने भएपछि चलचित्रको पर्दामा आउने रहर बोकेका थिए । त्यसैले गाउँबाटै विभिन्न कार्यक्रममार्फत कलाकारिताको शुरुवात गरेका थिए । काठमाडौं आएर केही म्युजिक भिडियोमा अभिनय गर्नुका साथै नेपाली कथानक चलचित्र ‘अदालत’मा नायकको रुपमा अभिनय गरेका छन् ।
अहिलेको नेपाली चलचित्र जगतमा कोरियन चाइनिज अनुहारको कलाकारको माग छ । कथा पनि कोरियनकै जस्तो, कपालको सेप तथा अभिनय गर्ने तरिका पनि कोरियनकै जस्तो हाउभाउ पछिल्ला नेपाली चलचित्रहरूमा देखिएका छन् । त्यही ‘लुक्स’ आउने भएकाले रुद्रलाई चलचित्र अदालतमा भूमिका दिइएको हो ।
नयाँ अनलाइन बाट साभार
गीतको म्युजिक भिडियो हेर्नुहोस्



