कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

यौन सम्बन्ध राखेको भन्दै दुई पुरुषलाई हानियो कोर्रा

एजेन्सी, १६ माघ। इन्डोनेसियाको रुढिवादी प्रान्त अचेईमा दुई पुरुषले यौन सम्बन्ध राखेको भन्दै सार्वजनिक रुपमा कोर्रा हानिएको छ । उनीहरुले एक अधिकारीबाट ७७ पटक कोर्रा खाएका छन् । खबर अनुसार उनीहरुलाई राजधानी बन्दा अचेईमा थुप्रै मानिसहरुको अगाडि कोर्रा हानिएको थियो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए...

January 29th, 2021

ओलीको तानाशाही कदमलाई त्यही रुपमा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई दाहाल–नेपालको निर्देशन

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने र देशव्यापी रुपमा जागरण पैदा गरेको आन्दोलनलाई अझै उचाईमा पुर्याउने निश्कर्ष निकालेको छ। नेकपा केन्द्रीय संघर्ष समितिको सचिवालयको आज बसेको बैठकले प्रतिगमनका विरुद्धमा जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै...

January 28th, 2021

प्रधानमन्त्री ओलीबाहेक अरु सबै एकताको पक्षमा छन् : वामदेव गौतम

नेकपाका उपाध्यक्ष एवं ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले बाहेक सबै पार्टी एकताको पक्षमा रहेको दावी गरेका छन्। बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले प्रधानमन्त्री ओली बाहेक सबै एकताको पक्षमा रहेका दावी गरेका हुन्। गौतमले भने,...

January 27th, 2021

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति, निकाल्यो कडा विज्ञप्ती (विज्ञप्तीसहित)

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरोध गर्नेहरू देशविरोधी हुन् भनेर दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । आज (सोमबार) एक विज्ञप्ती निकाल्दै कांग्रेसले प्रधानमन्त्री ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको हो । प्रवक्ता विश्वप्रकाश शर्माको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको...

January 25th, 2021

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा...

January 24th, 2021

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपामै रहने

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि यस्तो निर्णय लिन लागेको हो । आयोगले यसै हप्ता नेकपाको विभाजनलाई मान्यता नदिने गरी निर्णय लिन लागेको विश्वस्त स्रोतले बताएको छ ।...

January 24th, 2021

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले राष्ट्रिय गीतहरुको गीति एल्बम ल्याउने

 मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले गीति एल्बम ल्याउने भएको छ । दुई वर्षअघि मदन भण्डारीको जन्मोत्सवका अवसरमा आव्हान गरिएको राष्ट्रव्यापी गीत उत्सवमा प्राप्त भएका गीतमध्येबाट छनौट समितिले चयन गरेका उत्कृष्ट १० ओटा गीतहरूलाई समेटेर प्रतिष्ठानले एल्बम निकाल्न लागेको हो । गीतकार श्याम तमोट, सङ्गीतकार शक्ति बल्लभ र गायिका मधु गुरुङ...

January 24th, 2021

१९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्डको एकदिने मुख्यमन्त्री

११ माघ, काठमाडौं । हामीले हिन्दी फिल्म नायकमा अनिल कपुर एक दिनको मुख्यमन्त्री बनेको देखेका थियौं । तर भारतको उत्तराखण्डमा आज एक १९ वर्षीया किशोरी साँच्चिकै एक दिनको मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा...

January 24th, 2021

मलेसियाबाट एकैपल्ट १९ नेपालीको शव आउँदा ‘विरक्त’ लाग्दो बन्यो त्रिभुवन विमानस्थल

रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ । मलेसियामा डिसेम्बर महिनामा मृत्यु भएका नेपाली श्रमिकको शव आज (शनिबार) काठमाडौं आइपुगेको छ । एक जनाको अस्तुसहित १९ जनाको शव आइपुगेको हो । धन कमाउने आशमा विदेश पुगेका ठूलो संख्याका नेपालीहरु बाकसमा आउनु परेको दृष्यले...

January 23rd, 2021

संसद विघटनविरुद्ध मोटरसाइकल र्‍याली

७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको छ । मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ । त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड– माधव समूह संसद् विघटन...

January 20th, 2021